लायन्स क्लबको संयुक्त रक्तदानमा ४१ युनिट संकलन


पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रल, पोखरा सिटि, सेन्ट्रल गार्डेन र लिओ क्लब अफ पोखरा सेन्ट्रलको आयोजनामा भएको वृहत खुल्ला रक्तदान कार्यक्रममा ५१ पिन्ट रगत संकलन भएको छ ।

कार्यक्रमको रक्तदान कार्यक्रम संयोजक किशोर बरालले पहिलो रक्तदाता बिशाल सुबेदीलाई ब्लड ब्याग हस्तान्तरण गरि उद्घाटन गरेका थिए । सो अबसरमा प्रमुख अतिथि लायन्स डिस्ट्रीक्ट ३२५ बि १ का गभर्नर बालकृष्ण बुर्लाकोटी, चिफ एओजि बिश्वेसर आचार्य, ब्लड डोनेसन कोअर्डिनेटर किशोर बराल, लायन्स क्लब अफ सेन्ट्रल गार्डेनका अध्यक्ष हरिबहादुर भाट, लायन्स क्लब अफ पोखरा सेन्ट्रल सिटिका अध्यक्ष प्रदीप सुवेदी, लिओ क्लब अफ पोखरा सेन्ट्रलका बुद्ध गुरुङ, पोखरा सेन्ट्रलका सचिव कृष्ण कोइरालालगाएतले रगतको विकल्प रगत नै भएको भन्दै रक्तदानको महत्त्वको बारेमा बोलेका थिए ।

कार्यक्रममा प्राविधिक अधिकृत अर्जुन ज्ञावली, स्टाफ नर्स यमुना केसी, प्राबिधिक सुजन लामिछाने र अस्मिता पौडेललगाएतले प्राबिधिक सहयोग गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि तथा अतिथीहरुले रक्तदाता र सहयोगदाताहरुलाई प्रमाणपत्र बितरण गरिएको थियो ।
क्लबका अध्यक्ष केदारनाथ भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सचिव टिकाराम सुबेदीले संचालन गरेका थिए ।