लायन्स चौतारी विन्ध्यवासिनीको ११ औं पदास्थापना


पोखरा । लायन्स क्लब अफ पोखरा चौतारी बिन्ध्यबासिनीको ११ औं पदास्थपना कार्यक्रम सोमबार सम्पन्न भएको छ । सो अबसरमा डिस्ट्रिक्ट ३२५ वि १ का गभर्नर बालकृष्ण वुर्लाकोटीले २०१६/२०१७ अध्यक्ष राजेन्द्र पहारीलाई पदास्थापन गराएका थिए ।

सो अवसरमा क्लबले हरेक वर्ष प्रकाशन गर्दै आएको लायन्स स्मारिका यस वर्ष प्रकाशन गर्नुको सट्टामा सो खर्च वापतको रकम पोखरा २८, अर्मलामा रहेको स्कुललाई स्टेसनरी सामग्री खरिदको लागि सीता प्राबीका प्रधानाध्यापक गणेश केसिलाई प्रदान गरिएको क्लबका सचिव कोपिला भुजेलले वताईन्।

स्वागत एमजेफ रमेश खत्री र पिएम जेफ कमला गिरि, ध्वजाको बन्दना कोषाध्यक्ष अर्जुन श्रेष्ठ संस्थापक बोधराज कार्कीले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा पिएमसिसी प्रेमबहादुर श्रेष्ठ र दिपक श्रेष्ठ, जोन चियर पर्सन यदुनाथ अधिकारी, पिडिजी योगेन्द्र प्रधान, फस्ट लेडि ज्ञानु बुर्लाकोटी, चिफ कोअर्डिनेटर इन्दु लम्साल, कोचिफ अर्चना प्रधानलगाएतले शुभकामना व्यक्त गरेका थिए ।