लायन्स क्लब अफ पोखरा लेकभ्यालि २० लाखको अक्षयकोष स्थापना


कृष्ण रानाभाट/पोखरा ।

लायन्स क्लब अफ पोखरा लेक भ्यालीले २० लाखको अक्षयकोष स्थापना गर्ने घोषणा गरेको छ । मंगलबार पोखरा २६ सेदि हाईटस्थित ईन्फिनिटि रिसोर्टमा आयोजित क्लबको तेश्रो पदास्थापन कार्यक्रमका क्लबका अध्यक्ष ईन्द्रप्रसाद भण्डारीले सो घोषणा गरेका हुन् ।

सो अवसरमा क्लबका ३१ जना सदस्यहरुमध्ये १७ जनाले आजिवन सदस्य बनि क्लबको अक्षयको स्थापनामा जनही १०÷१० हजार प्रदान गरेका थिए । अक्षयकोषमा प्रति सदस्य ५० हजार प्रदान गर्ने योजना रहेको मेम्बरसिप चियर पर्सन तारानाथ पहारीले वताए ।
कार्यक्रमका प्रमुख अतिथि लायन्स डिस्ट्रक्ट ३२५ बि १ का गभर्नर बालकृष्ण वुर्लाकोटीले कार्यक्रमको उद्घाटन गर्दै हरेक क्लबका गतिबिधिहरु फरक फरक हुने यस प्रकारको कार्यक्रमले हरेक वर्ष सदस्यता नविकरणमा सहयोग पुग्ने वताए।

क्लबले मस्तिष्क पक्षघात भएका वालवालिकालाई विभिन्न कार्यक्रम गर्दै आएको लेनपा १७ भरतपोखरीको साथी संसार नेपाल संस्थालाई २५ हजार सहयोग गर्दै संस्थालाई सम्मानपत्र द्धारा सम्मान गरेको थियो । क्लबका अध्यक्ष ईन्द्रप्रसाद भण्डारी तथा प्रमुख अतिथि वुर्लाकोटीले संस्थाका कार्यक्रम संयोजक नारायण अधिकारीलाई सम्मानपत्र तथा चेक प्रदान गरेका थिए ।

क्लबका वर्ष २०१५÷२०१६ का अध्यक्ष भगवान पहारीको अध्यक्षतामा पहिलो सत्र तथा वर्ष २०१६/२०१७ का अध्यक्ष ईन्द्रप्रसाद भण्डारीले दोश्रो सत्रको अध्यक्षता गरेको सो कार्यक्रममा भगवान पहारीले ईन्द्रप्रसाद भण्डारीलाई स्वागत गर्दै पदास्थापना गराएका थिए । कार्यक्रमका आफ्नो कार्यकालमा क्लबका गतिविधिहरुमा सहयोग गर्ने सम्पुर्ण सदस्यहरुलाई मायाको चिनो प्रदान गर्दै भगवान पहारीले सबैलाई धन्यवाद दिएका थिए भने स्वागत प्रथम उपाध्यक्ष शंकर गिरीले र संचालन क्लबका सचिव सुवास सुवेदीले गरेका थिए ।