मनकारी ज्वाईले गरे सासुको सम्मानमा अक्षयकोष स्थापना


८४ वर्षिय चेतकुमारी रानाभाट

पोखरा । स्याङ्जा जिल्ला भाटखोला गाविस वडा नं. ३ साहुँथर स्थायी घर भई हाल पोखरा १७ विरौटा निवासी ज्वाई मीनबहादुर रानाभाटले सासुको सम्मानमा अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् ।

स्याङ्जा जिल्लाकै आरुखर्क निवासी सासु चेतकुमारी रानाभाटको सम्मानमा उनले एक लाख राशीको अक्षयकोष स्थापना गर्न लागेका हुन । ८४ वर्षिय चेतकुमारी रानाभाटका दुई छोरीहरु, दुई ज्वाई, सात नाति, सात नातिनिबुहारी, एक नातिनि, तिन पनाती र तिन पनातिनि छन्। उनको रेखदेख पनि छोरीज्वाई तुलसीदेवी र ज्ञानबहादुर रानाभाटले गर्दै आएका छन्।

विगत सात वर्षदेखि दुवै मिर्गौला फेल भएर हस्पिटलबाट घरमा आएकी चेतकुमारी हालसम्म पनि निरोगी जस्तै देखिन्छिन् । उनलाई डाक्टरले डायलासिस गर्न सल्लाह दिएका थिए तर वृद्धावस्थाको कारण डायलासिस नगरी औषधी मात्रै सेवन गर्दै आएकी उनका ज्वाई मीनबहादुर रानाभाटले वताए । उनले हाल दैनिक तिन सयको औषधी सेवन गर्दै आएकी छन्।

रानाभाट/भाट समाज पश्चिमाञ्चल क्षेत्रिय समितिका कोषाध्यक्ष समेत रहेका मीनबहादुरले अक्षयको संचालन कार्यविधि वनाई सो कोष संचालनको जिम्मा समाजलाई नै दिने वताएका छन् । उक्त कोषको व्याजबाट वेला वेलामा कार्यक्रमको आयोजना गरी मृर्गौला रोग पिडित व्यक्तिहरु तथा सर्वसाधारणलाई मृर्गौला रोग सम्बन्धि जनचेतना मुलक कार्यक्रम गर्ने सोच परिवारको रहेको छ ।