संसदमा दर्ता भएको संविधान संसोधन प्रस्ताव फिर्ता हुँदैन : मन्त्री पाण्डे


राजाराम पौडेल,पोखरा – संघीय मामिला तथा स्थानिय विकासमन्त्री हितराज पाण्डेले संसदमा दर्ता भएको संविधान संसोधन प्रस्ताव फिर्ता नहुने बताएका छन् । प्रेस सेन्टर कास्कीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै संविधान संसोधन प्रस्ताव परिर्माजन हुन सक्ने तर फिर्ता नहुने बताए । संविधान कार्यान्वयनका गदै संक्रमणकालको अन्त्यका लागी संविधान संसोधन आवश्यक छ भन्दै उनले भने –‘ संविधान संसोधन आवश्यक छ, सरकार फिर्ता लिने सोचमा छैन् तर परिमार्जन गरेर अगाडी बढन् तयार छ ।’ उनले स्थानिय निकाय तहको निर्वाचन आउदो बैशाखमा गर्ने तयारीमा जुटेको समेत बताउनुभयो । सरकारको प्राथमिकता संविधान संसान सहित कार्यान्वयन, निर्वाचन र सुशासन कायम गनु भएको बताउदै संसोधन अहिलेको आवश्यकत भएको दावी गरे । मधेश, आदीबासी, जनजाती, थारुलाई समेटन संसोधन गर्न लागिएको उनको भनाई थियो ।

राज्य पूर्नरसंरचना आयोगले प्रतिवेदन बुझाउने वित्तिकै निर्वाचनको मिति घोषणा हुन्छ , त्यसका लागी मन्त्रलायले तयारी गरिसकेको छ भन्दै उनले संविधान कार्यान्वयनका लागी निर्वाचन आवश्यक छ, र पहिला स्थानिय तहकै हुनुपर्ने बतााए । ‘मन्त्रालय तयारी अवस्थामा छ, आयोगको प्रतिवेदन आउने वित्तिकै गाँउपालिकामा परिणत हुन्छन् , त्यसपछि के गर्ने भन्ने सवै तयारी छ, बैशाख पहिलो हप्ता निर्वाचन हुन्छ ।’ उनले आफनो मन्त्रालयले पुर्नरसंरचनाको कामलाई तिव्रता दिएको र अन्तिम चरणमा पुगेको बताए ।

उनले प्रदेश नम्वर २ बाहेका सवै जिल्लामा ब्यापक छलफल गरिएको बताउदै २ नम्वर प्रदेशका जनप्रतिनिधि र स्थानिय विकास अधिकारीलाई काठमाडौमा बोलाएरै छलफल गरिएको र पूर्नरसंरचना आयोगले प्रतिवेद बुझाउने वित्तिकै निर्वाचनको प्रक्रिया सुरु हुने उनको भनाई थियो । पत्रकार सम्मेलन प्रेस सेन्टर कास्कीका उपाध्यक्ष दिपक परियारको अध्यक्षतामा भएको थियो भने स्वागत केन्द्रीय सदस्य घनश्याम पाण्डे र संचालन सचिव कृष्ण दवाडीले गरेका थिए ।