भिजे-प्रितीको ‘आइ लभ यु’ सार्बजनिक


-सुजन पराजुली /काठमाण्डौ
यूट्युब हिट कपलको रुपमा परिचित भिजे-प्रितीको ‘आइ लभ यु’बोलको गीतको भिडियो एक कार्यक्रमका बिच सार्वजनिक भएको छ । मुस्ताङ लगायत काठमाडौंका बिभिन्न ठाउँमा शुटिङ गरिएको भिडियोको निर्देशन गायक तथा संगीतकार बिजय घिमिरे स्वयमले गरेका छन् ।

आकर्षक शैलीमा प्रस्तुत भिडियोमा घिमिरेको अलावा श्रीमती प्रिती सँगै प्रमिता राना, ज्योत्सना योगीको बेजोड अभिनय रहेको छ । सार्वजनिक कार्यक्रममा उपस्थित संगीतकर्मीले घिमिरेले गरेको कार्यको प्रसंसा गरे । “अत्याधुनिक प्रबिधीको प्रयोग सँगै भिडियो बजारमा ल्याएको छु,मुल्याङकन गर्ने जिम्मा दर्शकलाई नै दिएको छु” घिमिरेले भने । घिमिरे कै शब्द संगीत रहेको गीतको भिडीयोलाई रोहन नेपालीको निर्देशन गरेका छन्। भिडियोलाई संजीत श्रेष्ठले खिचेका भने सम्पादन कार्य निशान घिमिरेले गरेका छन्।

यूट्युबबाट नै आफ्नो साङितिक यात्रा सुरु गरेका भिजे-प्रितीको चर्चा दिनानुदिन चुलिदो छ । ३५ हजार स्काईबर रहेको उनिहरुको यूट्युब च्यानल मार्फत बिभिन्न शैलीका नया – पुराना गितको म्यासअप कभर गीतबाट अझ चर्चित छ यो जोडी । लण्डनमाब बस्दै आएको यो जोडीले गत महिना मात्र नेपाल भ्रमणका क्रममा पोखरा सहित करिब आधा दर्जन स्थानमा कार्यक्रम पनि सम्पन्न गरेको छ।

दर्शक स्रोताको अत्यधिक मायाले दङ्ग परेको यो जोडीले आउँदा दिनहरुमा अझ फरक ढंगमा प्रस्तुत भै नेपाली संगीत क्षेत्रमा अनबरत लागि पर्ने प्रतिज्ञा गरेका छन्।