बेलायती महारानी समक्ष,राजदूतले बुझाए ओहदाको प्रमाणपत्र


लन्डन । बेलायतका लागि नवनियुक्त नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले बेलायती महारानी एलिजावेथ अलेग्जेंडर मेरी समक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । सुवेदीले विहीवार अपरान्ह बकिंन्घम प्यालेसमा आयोजित बिषेश कार्यक्रमका बीच ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।

उक्त अवसरमा डा. सुवेदीले राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले बेलायती महारानीको ब्यक्तिगत सुख र सुस्वाथ्यका तथा वेलायती जनताको निरन्तर शान्ति, प्रगति एवं समृद्धिका लागि पठाएको सन्देश र प्रधानमन्त्री पुष्प कमल दाहालले नेपाली जनताको तर्फबाट पठाएको शुभेच्छा तथा शुभकामना प्रस्तुत गरेको नेपाली दूतावास लन्डनले जनाएको छ । दूतावासका प्रवक्ता शरद आरनका अनुसार महारानीले राजदूतको कार्यकालको सफलताको लागि शुभकामना दिएकी थिइन् ।

तस्विर:- मिलन तमु

15321498_1433193770042089_1828972480_o-1024x68415321557_1433194163375383_657624902_o-1024x68215293450_1433194013375398_810233604_o-1024x68215231475_1433194170042049_47955991_o-1024x65915326027_10154807810328140_5675084158200351066_o-1024x683