पोखरालाई खेलकुद नगरि बनाउने युवा तथा खेलकुदमन्त्री श्रीपालीको भनाइ


 राजाराम पौडेल, पोखरा – युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपालीले पोखरालाई खेलकुदको नगरि बनाउन पनि आफू लागि पर्ने  बताएका छन् । पोखरा पर्यटनको मात्र नभई खेलकुदको पनि नगरि बनाउनु पर्दछ उनले भने–यसका लागि रंगशालालाई अन्तराष्ट्रिय रंगशाला बनाउन र खेलकुदको एकेडेमी पोखरामा स्थापना गर्न मन्त्रालय लाग्नेछ।  नीजि तथा आवासिय विद्यालयहरुको छाता संगठन राष्ट्रिय निजि तथा आवासिय विद्यालय एसोसियसन नेपाल, (एन प्याब्सान)कास्कीले आयोजना गरेको ११ औ खेलकुद महोत्सवको मंगलबार पोखरामा उद्घाटन गदै खेलकुदमा विगतमा भएका उपलिब्धको रक्षा गदै विकृति र विसंगतिको अन्त्य आफनो मुख्य एजेण्डा भएको बताए । ‘ विगतमा के भए के भएनन, म त्यता तिर जान चाहन्न तर विगतका उपलब्धिको रक्षा गदै खेलकुदमा आइब्रेकको खाँचो छ, त्यसका लागी आवश्यक प्रक्रिया अगाडी बढाएको छु ।

उनले खेलकुदलाई अगाडी बढाउन आवश्यक नीति निर्माण, भौतिक पूर्वाधार, असल प्रशिक्षक र खेलकुदका लागी दक्ष जनशक्ति उत्पादनलाई महत्व दिएको बताए । उनले खेलकुदको आधार ग्रामिण क्षेत्र र विद्यालय भएको बताउदै खेलकुदलाई पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जो दिए । ‘विद्यालय खेकलुदका आधार भुमि हो, यसलाई शिक्षाको पाठ्यक्रमसंग जोडनुपर्छ र अनिवार्य पाठ्क्रमका बनाउनुपर्छ ।’ उनले १३ वर्ष मुनिका बालबालिकालाई ध्यानमा राखेर उपराष्ट्रपति चिल्डेन कप संचालन गर्ने योजनामा मन्त्रालायले तयारी थाल्ने समेत बताए। ‘उपराष्ट्रपति चिल्डेन कपको कार्यविधि बनाएर त्यसलाई अगाडी बढाउने छु ।’

मन्त्री श्रीपालीले सातौ राष्ट्रि खेलकुद प्रतियोगिता अव निर्धारित मितिमै हुने दावी गरे । राष्ट्रिय खेलकुद प्रतियोगिता अव कसैले रोकेर रोकिदैन्, निर्धारित मितिमै हुन्छ उनले भने । उनले अन्तराष्ट्रि प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने काम सुरु भएको बताउदै अव कास्य र रजत पदक विजेता खेलाडीलाई समेत कार्यविधि बनाएर वितरण गर्ने बताए । स्वणपदक विजेतालाई मात्रै हैन,अव कास्य र रजद पदक विजेतालाई पनि भत्ता वितरणको ब्यस्था मिलाउछौ उनको भनाई थियो । देखि १७ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुने प्रतियोगितामा ४५ विद्यालयका सात हजार खेलाडीले सहभागीता जनाएका छन् ।