ब्राजिलियन क्लवका खेलाडीहरु सवार बिमान दुर्घटना,७६ जनाको मृत्यु


ब्राजिलको ए डिभिजन क्लवका खेलाडीहरुसहित ८१ जना बोकेर बोलिभियाबाट कोलम्बियाका लागि उडेको बिमान दुर्घटनामा ७६ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । पाँच जनाको भने जीवितै उद्दार गरिएको छ ।

मध्य कोलम्बियाको मेडेलिन अन्तर्राष्ट्रिय बिमानस्थलका लागि उडेको चार्टर बिमान एयरपोर्ट नजिकै दुर्घटनामा परेको हो ।

उद्दारमा खटिएका मेडेलिन प्रहरी अधिकारीहरुका अनुसार ७६ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार कोलम्बियाको नागरिक उड्डयन प्राधिकरणले पनि यसको पुष्टि गरेको छ ।

मेडेलिन पुलिसका जनरल जोसे असेभेडोलाई उदृत गर्दै कम्तिमा ७५ जनाको घटनास्थलमै मृत्यु भएको र एकजना घाइतेको अस्पतालमा मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।img_1142भारी बर्षा र अध्यारोका कारण उद्दारमा निक्कै कठिनाइ भएकाले उज्यालो नहुन्जेलसम्मका लागि उद्दारकार्य स्थगित गरिएको छ । मेडेलिन एयरपोर्टले यसको पुष्टि गरेको छ ।

यता ब्राजिलियन फुटबल कन्फेडेरेसनले बिज्ञप्ति जारी गर्दै दुर्घटनाग्रस्त बिमानका यात्रु र चालकदलका सदस्यका लागि प्रार्थाना गर्न अनुरोध गरेको छ ।img_1143 अपुष्ट खवरहरुका अनुसार विमानमा इन्धन सकिएको वा इलेक्टि्रक समस्या आएपछि क्याप्टेनले आकस्मिक अवतरणको प्रयास गरेका थिए । मेडेलिन एयरपोर्टको राडारसँग कुरा हुँदैगर्दा सम्पर्कबिच्छेद भएको थियो ।