डेनमार्क निवासी रिजालको सक्रियतामा पाँचथर आङसराङ्मा सरस्वती मन्दिर बन्ने


प्रकाश ढकाल,कोपनहेगन । पाँचथरको आङसराङ्ग गा वि स वडा नम्बर एकमा अवस्थित जय नारायण आदर्श उच्च माविको विधालय परिसरमा सरस्वती मन्दिर बन्ने भएको छ ।

सोहि विधालयमा अध्ययन गरेका पुर्व विधार्थी दिपक राज रिजालको एकल प्रयासमा मन्दिर निर्माण हुन लागेको हो । रिजाल हाल वैदेशिक रोजगारको सिलसिलामा डेनमार्कमा रहेका छन् । उनी जनसम्पर्क समिति डेनमार्कका पुर्व उपाध्यक्ष पनि हुन् र नेपाली कांग्रेसका १३ औं महाधिवेशन प्रतिनिधी पनि हुन् ।

सो बिद्यालय वरपर पनि सरस्वतीको मन्दिर नरहेकोले पनि मन्दिर आवश्यक देखिएको रिजालले बताए । त्यस भेगका स्थानिय विधार्थीहरुको बिशेष आग्रहमा मन्दिर निर्माण गर्न लागिएको पनि उनले बताए । कुल लागत करिव आठ लाख नेपाली रुपैंया लाग्ने सो मन्दिरको निर्माण कार्य अब चांडै शुरु गरिने रिजालले जनाएका छन्।

मन्दिरको लागि स्कुलले जग्गा उपलब्ध गराईसकेको छ । निर्माण खर्च सम्पर्ण रिजाल परिवारले व्यहोर्ने छन् । मन्दिर निर्माणकार्यको आफना पिता डिल्ली राम रिजालले मन्दिर निर्माणको शिलशिलामा रेखदेख गर्ने कुरा पनि उनले बताए । मन्दिरको शिलान्यास स्कुलको वार्षिकोत्सव तथा अभिवावक दिवसको दिन यहि पौष २ गते गर्ने कार्यक्रम रहेको छ । मन्दिर शिलान्यास त्यस क्षेत्रका सांसद भिष्मराज आङ्गदम्बेले गर्ने भएका छन् ।

बिद्यालय परिसरमा मन्दिरको अति नै आवश्यक भएको प्रधानध्यापक विनोद अधिकारीले टेलिफोनमा बताए । अधिकारीका अनुसार सामान्यता प्रायजसो बिद्यालय परिसरमा एउटा मन्दिर हुने गरेको भए पनि, हालसम्म पनि मन्दिर नभएकोले रिजाल परिवारले मन्दिर निर्माणमा देखाएको सदासयता प्रती आभार व्यक्त गरेका छन् ।

वर्षेनी गरिने सरस्वती पुजाको लागि विधार्थीहरुले टाढा टाढा जानु पर्ने वाध्यता अब सो बाध्यता हट्ने देखिएको छ । सो परोपकारी कार्यको लागि रिजालका पिताको पनि उत्तिकै योगदान रहेको छ । मन्दिर बनाउनु पर्ने कुरामा जोड दिंदै सो कार्यको लागि आफ्ना पिताले प्रोत्साहन गरेको रिजालले बताए । पुर्वाञ्चल क्षेत्रको नै पहिलो सो स्कुलमा मन्दिर निर्माण कार्य एउटा उदाहरणीय हुने देखिन्छ ।