संविधान कार्यान्वयन ओझेलमा पार्न संसोधनको हल्ला – एमाले सचिव विष्ट


राजाराम पौडेल, पोखरा – नेकपा एमालेका सचिव गोकर्ण विष्टले संसोधनको हल्ला चलाएर संविधान कार्यान्वयनलाई ओझेलमा पार्ने भैरहेको बताए । प्रेस चौतारी कास्कीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सरकारले संविधान कार्यान्वयनलाई ओझेलमा पार्न संसोधनको हल्ला गरेको आरोप लगाए ।

उनले  संविधान संसोधनको ओचित्य पुष्टि नभएसम्म संसोधनमा एमालेले साथ नदिने स्पष्ट पारे ।‘एमाले संसोधन गनैहुदैन भन्ने पक्षमा छैन, यो गतिशिल दस्तावेज हो तर अहिले हुन सक्दैन् ।’ उनले कुनै अमुलक दल र ब्यक्तिको स्वार्थको लागी संसोधन हुन नसक्ने दावी गरे ।

उनले अहिले गर्ने भनिएको संसोधन देश र जनताको हित अनुकुन नभएको बताउदै जनताको सर्वाभौमिकता,अखण्डा र राष्टिय स्वाभिमान कमजोर बनाउने गरि ल्याउने प्रस्ताव एमालेलाई स्वीकार्य नहुने चेतावनी समेत दिए । ‘सरकारले भनेजस्तो संसोधन स्वीकार्य छैन, जनताको चाहना र स्वार्थको रक्षाका लागी काम गर्नु एमालेको कर्तब्य हो ’उनको भनाई थियो । पत्रकार सम्मेलन प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा भएको थियो भने संचालन सचिव अर्जुन गिरीले गरेका थिए ।