हरिहर गुफा भलाममा वाला चर्तुदशी मेला


कृष्ण रानाभाट/मंसीर १३, पोखरा । पोखरा उपमहानगरपालिका वडा नं. २० मा रहेको ऐतिहासिक धार्मिक क्षेत्र हरिहर गुफा सन्यास आश्रममा सोमबार वाला चर्तुदशीको अवसरमा सद्विज छर्ने भक्तजनहरुको घुईचो लागेको छ।
पितृहरुको मोक्ष प्राप्तीको लागि सद्विज छर्ने चलन रहेको पाईन्छ ।यस लोकमा छरेको अन्न पितृहरुको लोकमा अंकुरण हुने र सो विजहरुको कारण पितृहरुले कहिल्यै भोकै वस्नु नपर्ने भनाई रहेको हिन्दु धर्ममा प्रचलन रहेको छ ।
मन्दिर परिसरमा वृद्धाश्रम पनि रहेको छ ।

3

हाल विभिन्न जिल्ला स्थायी घर भएका वृद्धावृद्धा ९ वस्दै आएका छन् भने संस्कृत महाविद्यालय वगरमा पढ्ने ६ जना वटुकहरुले मन्दिर दैनिक पुजा संचालन गर्ने गरेका छन् । सो स्थानमा हरिहर गुफा भित्र हरिहर मन्दिर, शिब मन्दिर, साधुहरुको समाधि, ऐतिहासिक सत्तल, साधक निवास, सरोवर समेत रहेका छन् ।

2
पोखरा १ वगरबाट ३० मिनेटको दुरिमा रहेको सो स्थानमा मन्दिर वरपर सत्विज छर्नको भक्तजनलाई सजिलो होस् भन्ने हेतुले गत वर्ष पर्यटन बोर्डले ८ सय मिटर लामो ढुङ्गाको छपनिको पैदल मार्ग निर्माण गरिदिएको छ ।
विगत ३० वर्षदेखि हरेक वर्षको मंसीर चर्तुदशीको दिन उक्त आश्रम परिसरमा सद्विज छर्ने मेला लाग्दै आएको आश्रमका आमन्त्रित सदस्य एवं प्रचारप्रसार संयोजक रमेशबहादुर खत्रीले वताए ।

7
ऐतिहासिक पृष्ठभुमी हेर्दा भारतको पञ्चजुना अखडाका १००८ स्वामी दिगम्बर बाबाका वरद शिष्य श्री १०८ स्वामी अम्बर गिरिजी महाराजले मठको स्थापना गरेको पाईन्छ पछि वि.सं. १९०६ बैशाख शुक्ल सप्तमीमा तत्कालिन श्री ३ जंगबहादुर राणाबाट ईष्टदेव श्री हरिहर भगवानको पुजा आराधना गर्नु, श्री ५ सरकारको जय मनाउनु, मन्दिर वरिपरिको बन गुल्जार गर्नु आदि लेखिएका अदलहरु फेला पर्नुले पनि मन्दिर सो स्थानको महत्व रहेको स्थानियको भनाई रहेको छ ।