काठमाडौ,पोखरा सहित पुर्वमा भूकम्पको धक्का


पोखरा- काठमाडौं, पोखरा सहित देशका विभिन्न ठाउँमा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ। सोमबार विहानै रोमछाप र सोलखुम्बुको सीमानालाई केन्द्र बनाएर भूकम्प गएको राष्टिय भुकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

५ बजेर २० मिनेटमा गएको भूकम्प ५ दशमलव ६ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिए हो । यो नयाँ भूकम्प नभई गोरखा भूकम्पकै पराकम्प भएको समेत केन्द्रले जनाएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ५ बजेर २१ मिनेटमा भूकम्प गएको हो । नाम्चेबजार आसपासलाई केन्द्रविन्दु बनाएर ५ दशलमव २ म्याग्निच्चुडको भूकम्प गएको भूकम्प मापक अन्तराष्ट्रिय संस्थाहरुले देखाएका छन् ।

विहानपख भूकम्पको धक्का महसुस भएपछि मानिसहरु घर बाहिर निस्किएका थिए। भूकम्पले वेष्ट बंगाल क्षेत्रमा पनि धक्का दिएको छ।