प्रकाश सपुत बेहुला बन्ने तरखरमा(भिडियोसहित)


काठमाडौं/ मंसिरको महिना, भनिन्छ लगनको महिना । साथीभाईहरुको जन्ती जादा आनन्द नै अविस्मरणीय हुन्छ । बेहुलीको बैनीसँगको कर्के नजरले बिशेष महत्त्व राख्ने गर्दछ ।

यूवा गायक प्रकाश सपुत अब जन्ती भन्दा पनि आफै बेहुला बन्ने तरखरमा छन् यो मंसिरमा । प्रायः सकारात्मक सन्देश लिएर दर्शक श्रोताको मन जित्न सफल प्रकाशले यो पटक माकुर माकुर घुर पन्चेबाजा गीत आफ्नै यूट्यूब च्यानलबाट बजारमा ल्याएका छन् । आफैमा शब्द छनौटमा बिशेष ध्यान दिने यो पन्चेबाजामा बहुचर्चित गायिका देबी घर्तीमगरले साथ दिएकी छिन । बसन्त थापाको लय रहेको माकुर माकुर घुरमा स्वयम प्रकाश सपुतले शब्द लेखेका छ्न् ।

चर्चित कलाकारहरु शंकर बिसि, राजु ढकाल शिब हमाल मोना थापा र बिन्दुको उत्कृष्ट अभिनय रहेको म्यूजिक भिडियो बरिष्ठ निर्देशक शंकर बिसिले निर्देशन गरेका छ्न् । आफ्नै गाउघर, आफ्नै जिबनको परिकल्पनामा छायांकन भएको यो गीतपनि  सदा झै यो पटकपनि दर्शक श्रोतको माया पाउनेमा प्रकास सपुत निर्धक्क छ्न् ।