पोखरामा शनिबार कोरीयन फिल्म तथा फुड फेस्विटवल हुने


राजाराम पौडेल,पोखरा  । पोखरामा शनिबार कोरीयन फिल्म तथा फुड फेस्विटवल हुने भएको छ । कोरीयन राजदुतावासको आयोजनामा शनिबार पोखराको माउण्ट कैलाश रिसोर्टमा एक दिने कोरीयन फिल्म तथा फुड फेस्विटवल हुने भएको पोखराका पर्यटन व्यवसायी तथा कार्यक्रम संयोजक मदन केसीले बताए । कोरीयन फिल्म तथा फुडफेस्टिवल पोखरामा आयोजना हुनुले दुई देश विचको कला, संस्कृति सहित पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने भएको केसीले बताए । शनिबार दिउँसो ३ बजे देखि साँझ सम्म हुने फेस्टिवलमा पोखराका उद्योगि व्यावसायी तथा विभिन्न संघ संस्थाका पदाधिकारीहरुको सहभागिता हुने भएको उनले बताए ।

कोरीयाको संस्कृति सहित खाना र त्यहाँको फिल्मको बारेमा नेपाली माझ जानकारी गराउने उद्धेश्यले विगतका बर्ष देखि नेपालमा हुदै आएको कोरीयन राजदुतावासका एक कर्मचारी शिव पोखरेलले बताए । स्पिड स्क्याण्डल र २ सय पाउण्ड व्यूटि नामका दुई वटा फिल्म सहित कोरीयन करीब ७ प्रकारका परिकारका खाना फेस्टिवलमा उपलब्ध हुने भएको उनले जनाए ।

यसै बिच, कोरीयन राजदुत चोयोङ जिनले सुक्रबार पोखराका विभिन्न उद्योगि व्यावसायी तथा पोखराका विभिन्न संघ संस्थाका पदाधिकारीहरुसंग भेटघाट गरेका छन । कोरीयाको विकास गतिको बारेमा चर्चा गर्दै जिनले भने “नेपालमा विकासको धेरै सम्भावना छ, यसको लागि यहाँको राजनीतिक स्थिरता पहिलो आवश्यकता, जनतामा काम गर्ने संस्कारको विकास हुनुपर्छ । ” नेपालमा हरेक बर्ष जसो ३० हजार कोरीयन पर्यटक आउने बताएका उनले कोरीयामा नेपालहरु करीब ३७ हजार जना रहेको उल्लेख गरे । नेपालमा लगानीको वातावरण सृजना भए यहाँ जलविद्युत तथा उद्योग धन्दा संचालन गर्न विदेशीहरु लगानी भित्रिने दाबी गरे । नेपाल र कोरीया पहिला एकै अबस्थामा रहे पनि कोरीयाले विस्तारै विकासको फट्को मारेको उनले जनाए । उनले भने “नेपाल भुपरिवेष्टीत देश भयर विकासमा कुनै बाध पुगेको छैन ।”