हावाको भरमा समाचार बनाएर जथाभावी सेयर गर्नेक्रम बढ्दै : शान्तिप्रिय


राजाराम पौडेल,पोखरा – ‘चलचित्रपत्रकारिता कार्यशाला’ पोखरामा शुक्रबारदेखि सुरु भएको छ । चलचित्रपत्रकार संघ कास्कीको आयोजनामासुरु कार्यशाला आइतबारसम्म चल्नेछ ।कार्यशालाको उद्घाटन चलचित्र पत्रकार संघ केन्द्रीय अध्यक्ष शान्तिप्रियलेगरे ।

प्रियले चलचित्र पत्रकारितासुदृढ बनाउन लागिपरेको बताए । ‘दुई कार्यकाल अध्यक्ष पदमा हुँदा चलचित्रपत्रकारितालाई व्यवस्थित बनाउन लागें,’ उनले भने । पछिल्लो समय अनलाइनपत्रकारिता विभिन्न गसिपले गर्दा बाधक बनेको उनले प्रस्टाए । ‘हावाको भरमासमाचार बनाएर जथाभावी सेयर गर्ने बढेको छ,’ उनले भने, ‘चलचित्र नबुझी, व्यक्तिगत दुश्मनीलाई मुख्य विषय बनाएर समाचार बनाउने हावी भएको पाइन्छ ।’

चलचित्र, प्राविधिक ज्ञान नभएसम्म समीक्षा गर्न नसकिने उनले बताए । चलचित्रसम्बन्धी पत्रकारिता गर्ने पत्रकारहरुले क्षमता अभिवृद्धि गर्नयस्तै खालेतालिम, कार्यशालाको आवश्यक रहेको प्रियले बताए । ‘चलचित्र पत्रकारलाईमर्यादित रुपमा विकास गर्नज्ञान लिई नयाँ बाटो कोरौं,’ उनले भने ।

नेपालपत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष बद्रीविनोद प्रतीकले पत्रिकामापुरा पेज मनोरन्जनका लागि भनेपनि कलम चलाउने पत्रकारको अभाव रहेको बताए । ‘चलचित्र पत्रकार धेरै मात्रामा उत्पादन गर्नुपर्छ,’ उनले भने, ‘पोखरामादिनहुँ सुटिङ हुँदा कुनै पनि पत्रिकामा त्यसको समाचार भेटिँदैन ।’

प्रशिक्षकएवं पत्रकार प्रकाश सायमीले चलचित्र निर्माण गर्ने व्यक्ति हराए पनिपत्रकारिता गर्ने व्यक्ति झन् बढेको बताए । ‘एउटा फिल्म फ्ल्प भयोभने,अर्को बनाउन डराउँछन्,’ उनले भने, ‘तर चलचित्र पत्रकार दिनहुँ बढेकोपाइन्छ, यस अर्थमा पत्रकारिता सुरक्षित देखिन्छ ।’ पत्रिकामा मनोरञ्जनसम्बन्धि समाचारलाई उचित स्थान दिनुपर्ने उनले बताए । ‘चलचित्र पेज थ्रीकोहोइन पेज फस्टको हो,’ उनले भने, ‘अहिले पनि राष्ट्रिय अखबार चलचित्रपत्रकारिताले नै धानेको छ ।’

चलचित्रपत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले पोखरामा थुप्रैपत्रकारले चलचित्र पत्रकारिता छोडेर अन्य बिट समातेकोसुनाए । उनले सुरुआतमादेखासिकीबाट नै पोखरामा चलचित्र पत्रकारिता सुरु गरेको बताए । चलचित्रपत्रकार संघ हेटौंडाका अध्यक्ष मणिराज गौतमले गसिपको माध्यमबाट चलचित्रपत्रकारिता बनेको बताए ।

‘खोजअनुसन्धान नभएका कुरा समाचारमा आउने गर्छ,’ उनले भने,‘नीतिनियमका कुराकार्यशालाबाट प्रस्ट हुनेछ ।’ उनले केन्द्रबाट शाखा संघलाई मोटिभेसनगर्नुपर्ने आग्रह गरे । जिफानका संस्थापक अध्यक्ष माओत्से गुरुङलेकार्यशालाबाट चलचित्र पत्रकारिता दरिलो बन्ने विश्वस्त रहेको बताए । पोखराफिल्मस् सोसाइटीका अध्यक्ष घनश्याम लामिछानेले कार्यशालाले चलचित्रसम्बन्धि लेख्न खोज्नेलाई सर्पोट गर्ने बताए ।

विगएफका अध्यक्ष महेश भण्डारीले चलचित्र हेर्दा ग्लामरसँग जोडिए पनि यसकोसंवेदना अत्यान्त महत्व रहेको बताए । उनले धेरै पढिने र झ्याप आँखा जानेविधा नै चलचित्र भएको प्रस्टाए ।

चलचित्रपत्रकार संघ कास्कीका अध्यक्ष रेम विकको अध्यक्षतामा भएको कार्यक्रममास्वागत उपाध्यक्ष राजाराम पौडेल र सञ्चालन सचिव सुशन घिमिरेले गरेका थिए ।