पोखरामा सडक अतिक्रमण गरी बनाइएका संरचना भत्कान सुरु


राजाराम पौडेल, पोखरा-पोखरा उपमहानगर पालिकाले पोखरामा सार्वजनिक जग्गा र सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउने थालेको छ । पोखराको चाऊथेमा मापदण्ड विपरित बनेका घरटहरा र होडिङ बोर्ड फालेर काम थालेको हो ।

पोखरा उपमहानगरपालिकाले शुक्रबार पृथ्बी राजमार्ग अन्तर्गत विजयपुर खोला आसपास बनेका घर टहरा र सडक छेउमा राखिएका होडिङ वोर्ड समेत हटाएको छ । मापदण्ड मिचेर बनेका संरचना हटाउने काममा पोखरा उपमहानगरपालिका, पोखरा उपत्यका नगरविकास समिति, विभिन्न राजनीतिक संयन्त्रका पदाधिकारी, नगरिक समाज, प्रहरीको सहभागी रहेको थियो ।

पहिलो चरणमा बिजयपुर खोला देखि पृथ्वीचोक सम्म सडकको दाँयाबाँया रहेको अतिक्रमित घरटहरा तथा होर्डिङ बोर्ड हटाइने पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुंगानाले बताए । पहिलो चरण सकिएपछि पोखराका अन्य क्षेत्रमा मापदण्ड विपरित निर्माण भएका घरटहरा र सार्वजनिक जग्गा अतिक्रमण गरी बसेका बस्तीहरुमा डोजर लागाइने उनले वताए ।

पहिला सुचना दिने र सुचना दिदा पनि अटेर गरेको खण्डमा नगरपालिका आफैले डोजर प्रयोग गरी सार्वजनिक जग्गामा निर्माण भएका घरटहराहरु हटाउने बताए । पोखरा उपमहानगरपालिका संगै पोखरा उपत्यका नगरबिकास समितीले अतिक्रमित सार्वजनिक जग्गा संरक्षण गर्नमा तत्परता देखाएको छ । अतिक्रमित घरटहरा हटाउने अभियानमा भेटिएका पोखरा उपत्यका नगरबिकास समितीका अध्यक्ष प्रकाश मोहन खनालले पोखरा उपत्यका नगरबिकास समितीले पनि पोखराको बसपार्क निर्माणका लागी अतिक्रमित घरटहरा हटाउने तयारीमा रहेको बताए ।