लायन्सको क्याविनेट मिटिङ शुक्रबार पोखरामा, तयारी पुरा


राजाराम पौडेल,पोखरा-लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ बि वानको दोस्रो क्याविनेट मिटिङ शुक्रबार पोखरामा हँुदैछ । पोखरामा हुने क्याविनेट मिटिङको सम्पुर्ण तयारी पुरा भएको कार्यक्रम संयोजक बसन्त गिरीले जानकारी दिएका छन् । कार्यक्रम शुक्रबार दिउसो १ बजेबाट साँझ ७ बजेसम्म पोखरा सभागृहमा चल्नेछ । मिटिङका लागि हालसम्म १ हजार ८ सय जनाले रजिष्ट्रेशन गराइसकेको होस्ट क्लव लायन्स क्लव अफ पोखरा सिर्जना चौतारीका अध्यक्ष समेत रहेका गिरीले जनाए ।
क्याविनेट मिटिङमा बि वानका अन्र्तगतका विभिन्न लायन्स क्लवको झण्डै २ हजार २ सय प्रतिनिधि सहभागी हुने मिडिया संयोजक सुदिपराज ढुङ्गानाले जानकारी दिएकाछन् । डिष्ट्रिक अन्र्तगत रहेका २ सय ९० क्लवमा ८ हजार भन्दा बढी लायन्स सदस्य आबद्ध छन् । पोखरामा मात्रै ९३ वटा लायन्सक्लव सकृय रुपमा सामाजिक कार्यमा लागेका छन् । लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ बि वान विभिन्न १६ जिल्लामा फैलिएको छ ।
पोखरामा हुने मिटिङले पोखराको आन्तरिक पर्यटन प्रर्वद्धनमा भुमिका खेल्ने फस्ट भाइस डिस्ट्रिक गर्भनर धनराज आचार्यले बताए । लायन्स क्लवको वर्षभरिमा ४ वटा क्याविनेट मिटिङ गर्नुपर्ने भएकोले हरेक तीन–तीन महिनामा मिटिङ गर्ने गरिएको उनको भनाइ थियो । मिटिङमा नेपालका लायन्सहरुले सामाजिक क्षेत्रमा पुर्याएका योगदानहरुको समिक्षा गरिनुका साथै आगामी दिनमा गनुपर्ने कामहरुको बारेमा छलफल गरिने पुर्व मल्टीपल काउन्सिल चेयरपर्सन दीपक श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा लायन्स क्लव अन्तराष्ट्रिय डाईरेक्टर सञ्जय खेतान सहितका अन्तराष्ट्रिय तथा राष्ट्रिय अग्रज लायन लिडरहरुको सहभागीता रहने छ । कार्यक्रम संयोजक बसन्त गिरीको अध्यक्षतामा पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत मिटिङको बारेमा जानकारी दिइएको थियो । पत्रकार सम्मेलनमा रिजन चियर पर्सन बालकृष्ण बराल र होस्ट क्लवका सचिव जीवन गोर्खालीले बोलेका थिए । यसैगरी बि २, ३२५ ए १ र ए २ अन्र्तगतका विभिन्न लायन्स क्लवमा आवद्ध लायनहरुबिच पोखराका विभिन्न ठाउँमा छुट्टछुट्टै क्याविनेट मिटिङ शुक्रबार हुनेछ । शनिबार भने पोखरामा लायन्स क्लब अन्तराष्ट्रिय मल्टिीपल डिष्ट्रिक ३२५ नेपालको फेलोशिप कार्यक्रम हुँदैछ । जुन कार्यक्रममा ४ वटै डिष्ट्रिकका प्रतिनिधिले सहभागिता जनाउँनेछन् ।