मन्त्रालयको कामप्रति मन्त्री गगन थापा असन्तुष्ट


काठमाडौं – स्वास्थ्य मन्त्री गगन थापाले मन्त्रालयमा स-साना कुरा मिलाउने क्रममा धेरै कुरा सोचेभन्दा पेचिलो बनेको बताएका छन् ।

उनले मन्त्रालय मातहतका निकायहरू धेरै कुरामा ‘कम्र्फट जोन’ बाट बाहिर आउन नसकेकोले जनताले परिवर्तनको महसुस गर्न नसकेको तिक्तता व्यक्त गरे । स्वास्थ्य मन्त्रालयद्वारा आयोजित स्वास्थ्य सेवा तथा कार्यक्रमहरुको वाषिर्क प्रगति समीक्षा गोष्ठीको उद्घाटन गर्दै मन्त्री थापाले कयौं कुरा परिवर्तनका लागि आफ्नो ‘कर्म्फट जोन’बाट बाहिर निस्केर जोखिम मोल्न तयार हुनुपर्ने बताए ।

‘पाँच वर्ष अगाडिकै जस्तो अवस्था रहिरहँदा जनताले आजको दिनमा परिवर्तनको महसुस गर्न पाएका छैनन्’, उनले औंल्याए, ‘काम गराइको तरिका नफेरिँदा पक्कै पनि परिवर्तन आउँदैन ।’

मन्तव्यका क्रममा उनले आफू भने सधैं ‘कम्र्फट जोन’ बाट बाहिर निस्किएर जोखिमसँग खेल्ने गरेको सुनाए । त्यसैले पार्टीमा रहँदा समेत आफूलाई अराजक भएको, प्रोटोकल नमानेको जस्तो आरोप लाग्ने गरेको बताए ।

कार्यक्रममा स्वास्थ्य सचिव सेनेन्द्रराज उपे्रतीले स्वास्थ्यका क्षेत्रमा संविधानले उल्लेख गरेका कुरामा कुनै प्रकारको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

यस वर्ष हैजा, चिकनगुनिया तथा टाइफसले देशलाई नै अस्तव्यस्त बनाइरहेका बेला स्वास्थ्य सेवा तथा कार्यक्रमहरुमा भने ती कार्यक्रम नपरेकोमा गुनासो पोखे ।

समीक्षा गोष्ठीमा पाँच वटै विकास क्षेत्रका क्षेत्रीय निर्देशनालयका प्रमुख, स्वास्थ्य मन्त्रालयका विभिन्न महाशाखाका प्रमुख लगायतको उपस्थिति छ । विभिन्न निर्देशनालयका प्रमुखहरुले आˆनो क्षेत्रको समस्याबारे जानकारी गराएका थिए ।