स्पेनमा फुटबलको तयारी पूरा,केन्द्रिय सचिव श्रेष्ठ आउँदै


बार्सिलोना/ हरेक बर्ष दिपावली कपको नामबाट हुँदै आएको फुटबल प्रतियोगिताको तयारी स्पेनमा पुरा भएको छ। एनआरएनए स्पेनले आयोजना गर्ने प्रतियोगितामा नेपालीनेपालीहरु बीच कडा प्रतिस्पर्धा हुँदै आएको छ। बिगत ३ बर्ष देखि फुटबल आयोजना गर्दै आएको संघले यसै साता आईतबार प्रतियोगिताको आयोजना गर्दै छ। प्रतियोगितामा बिजेता टिमलाई ४ सय १ युरो नगद र उपबिजेतालाई २ सय ५१ युरो नगद सहित मेडल तथा प्रमाणपत्रको ब्यबस्था रहेको संघका सचिब एबंम खेलकुद बिभाग प्रमुख सुनिल रानाभाटले जानकारी दिए।

संघले टिम दर्ता शुल्क भने १ सय युरो तोकेको छ। १२ बर्ष मुनिका बालबालिकाहरु तथा महिलाहरु बिच पनि प्रतिस्पर्धा गराईने भएको छ। प्रतियोगितामा प्रमुख अतिथिको रुपमा गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सचिव अर्जुन कुमार श्रेष्ठ बार्सिलोना आउँने संघका अध्यक्ष मुक्त बहादुर गुरुङले जानकारी दिए।

प्रतियोगिता दिउँसो २ बजे सुरु हुने जनाएको संघले ईच्छुक संघ संस्थालाई टिम बनाएर सहभागी बन्न अनुरोध गरेको छ।बिगतमा जस्तै यस पटक पनि स्पेन स्थित संघ सस्थाहरु वा नेपालीहरुले टिम बनाएर प्रतिस्पर्धा गर्ने भएका छन्।

थप बिबरण

मिति:- २० नोभेम्बर,आईतबार

समय:- दिउँसो २ बजे देखि

स्थान :-Vall de hebron को मैदान

img_1076