देश व्यापी रुपमा खुल्ला नृत्य प्रतियोगिताको आयोजना हुने


राजाराम पौडेल,पोखरा-अनुशिलन कला पाठशालाले देश व्यापी रुपमा खुल्ला नृत्य प्रतियोगिता गर्ने भएको छ । अनुशिलन परिवार यु.ए.इको मुख्य प्रायोजन र साँस्कृतिक संस्थान नेपालको सह प्रायोजनमा यही पौष २ गते उक्त प्रतियोगिता गर्न लागेको जानकारी दिएको छ ।

प्रतियोगिताको लागि मंसिर १७ गते पोखरा सिटीहलमा अडिशन राउण्ड सञ्चालन गरिने आयोजकले जनाएको छ । प्रतियोगितालाई विवाद रहित बनाउन ७ वटै प्रदेशमा नृत्य विज्ञहरुलाई निर्णायकको जिम्मा दिइने कार्यक्रम संयोजक गोरे गुरुङले जानकारी दिए ।
प्रतियोगिताका विजेताहरु प्रथम, द्धितीय, तृतीय र सात्वनाले क्रमश रु १ लाख, रु ५० हजार, रु २५ हजार र तीनसमुहले रु १०/१० हजार र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले बताएको छ ।

सोही अवसरमा संस्कृति, संगीत र नृत्य विधामा आफनो सम्पूर्ण जीवन व्यथित गर्ने पोखरेली स्रष्टाहरु पद्मराज ढकाल, धन बहादुर गायक र बुद्दि गुरुङ(गौरी) लाई नगद रु ५१/ ५१ हजार सहित सम्मान गरिने पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
लोपोन्मुख नृत्यलाई अहिलेको नयाँ पिढीमा सिकाउनुका साथै विभिन्न खालका नृत्यहरु प्रस्तुत गरिने बताइएको छ। हालसम्ममा २६ टिम दर्ता भइसकेको आयोजकले बताएको छ ।