आयरल्याण्डमा राजु र एड्रिनको क्रेज


आयरल्याण्ड । आयरल्याण्ड को राजधानी डब्लिनमा तिहार को अवसरमा ‘दिपावली धमाका’ साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा एड्रिन प्रधान, राजु लामा लगायत स्थानिय कलाकारको सहभागिता थियो । द एभरेस्ट नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा र्‍याडिसन ब्लु रोएल होटल डब्लीनमा भएको थियो । डब्लिनमा पहिलो पटक नेपाली गायकक उपस्थित भएको कार्यक्रम द एभरेष्ट नेपालका संयोजक देबराज कोइरालाले जानकारी दिए ।

कार्यक्रममा ४०० बढी दर्शकको उपस्थिती थियो । सोहि कार्यक्रममा देउसी भैलो खेलेर उठेको रकम मध्ये एकलाख पचास हजार नेपालको परोपकारी संस्था ‘स्पेशल स्कुल फर डिसाबेल्ड एण्ड रिह्याब सेन्टर’लाई हस्तान्तरण गरिने देउसी भैलो गायक राजु लामाले बताए ।

साथै गायकद्धय एड्रिन र राजुले समेत संस्थाको लागि रकम प्रदान गरेका थिए । उक्त संस्थाले वालवालिकालाइ शिक्षा दिँदै आएको छ । द एभरेस्ट नेपाल युबाहरुको साझा समुह हो जसले डब्लिनमा नेपाली समुदायको लागि दोस्रो पटक स्तरिय कार्यक्रम आयोजना गरेको छ । द यभरेस्ट नेपालका संयोजक देवराज कोइराला भन्छन् ‘यो संस्थाले स्तरिय कार्यक्रम आयोजना गर्नुको साथै नेपालमा रहेका परोपकारी संस्थाहरुलाई सकेको आर्थिक सहयोग गर्ने छ ।’