बेलायती एण्डी मुर्रे बने नम्बर वान टेनिस स्टार


बेलायती एण्डी मुर्रे पहिलो पटक विश्व नम्बर एक टेनिस स्टार बनेका छन् । उनले नोभाक जोकोभिचबाट यो उपाधि खोसेका हुन् । पेरिस मास्र्टस कप टेनिसमा जोकोभिच क्वार्टरफाइनलबाट बाहिरिएपछि मुर्रेको बाटो खुलेको थियो । यसका लागि उनले सेमिफाइनलमा मिलोस राओनिकलाई हराउनु पर्ने थियो ।

तर, राओनिकले चोटका कारण नाम फिर्ता लिएपछि मुर्रे विश्व नम्बर एक बनेका छन् । सन् १९७३ मा र्‍याङ्िकङ सुरु भएपछि कुनै पनि बेलायती टेनिस खेलाडी शीर्ष स्थानमा पुगेको यो नै पहिलो हो ।