पोखरामा शुक्रवार स्काई म्युजिकल इभेन्ट हुने


पोखरा- पोखरामा स्काई म्युजिकल इभेन्ट–२०१६ हुने भएको छ । हिमालय म्युजिकल ईभेन्ट प्रा.लिको आयोजनामा कात्तिक २६ गते शुक्रवार इभेन्ट हुन लागेको हो । पोखरा सभागृहमा हुने उक्त कार्यक्रममा गायक प्रमोद खरेल, सहिमा श्रेष्ठ, माया गुरुङ्ग, रामजी पौडेल, ओम गुरुङ्ग, सन्तोष बस्याल लगायतका गायक गायिकाहरुको प्रस्तुती रहने छ । साथै कमेडी डान्सर सुदन थापा, बेली डान्सर सम्झना थापा तथा मौलिक नृत्य प्राचिन समुहले समेत आफ्नो प्रस्तुती राख्ने इभेन्टका प्रवन्ध निर्देशक राजन केसीले जानकारी दिएका छन् ।