पश्चिमाञ्चलका दुई महिला भलिवल खेलाडी माल्दिभ्स प्रस्थान


पोखरा – पश्चिमाञ्चलका दुई महिला भलिवल खेलाडी शुक्रबार माल्दिभ्स प्रस्थान गरेका छन । पश्चिमाञ्चलका महिला भलिवलका क्याप्टेन मन्जु गुरुङ र अर्की खेलाडी अरुणा शाही माल्दिभ्समा आगामी १ नोभेम्बर देखि २३ नोभेम्बर सम्म आयोजना हुन लागेको लिग भलिवलमा सहभागी हुनका लागी शुक्रबार माल्दिभ्स प्रस्थान गरेका हुन ।

गुरुङ र शाहीले माल्दिभ्सको फुभामुल्क युथ एण्ड स्पोर्टस डेभलपमेन्ट एशोसियसन क्लवबाट खेल खेल्नेछन । दुवैजना २९ अक्टोवर देखि २४ नोभेम्बर सम्म माल्दिभ्समा रहनेछन ।