भारतीय राष्ट्रपति प्रणव मुखर्जी तीन दिने नेपाल भ्रमण सकेर स्वदेश फिर्ता


काठमाण्डौँ-भारतीय राष्ट्रपति प्रणव मुखर्जी आफ्नो तीन दिने नेपाल भ्रमण सकेर स्वदेश फिर्ता भएका छन्।

राष्ट्रपति विद्या भण्डारीको मैत्रीपूर्ण निमन्त्रणमा नेपाल भ्रमणमा आएका राष्ट्रपति मुखर्जी शुक्रबार साँझ विशेष विमान मार्फत स्वदेश फर्केका हुन्। भारतीय राष्ट्रपति मुखर्जीलाई बिदाई गर्न राष्ट्रपति विद्या भण्डारी,उपराष्ट्रपति नन्दबहादुर पुन प्रधानमन्त्री पुष्पकमल दाहाल, संवैधानिक निकायका प्रमुखका साथै मन्त्रीहरु विमानस्थल पुगेका थिए।

शुक्रबार बिहान जनकपुर र पोखराको भ्रमण सकी सिधा विमानस्थल आउनु भएका राष्ट्रपति मुखर्जीलाई बिदाई गर्न राष्ट्रपति भण्डारी मुखर्जीभन्दा अगाडि नै त्रिभुवन अन्तराष्टिय विमानस्थल पुगेका थिए। बिदाई भेटमा सबै संग हार्दिकता साथ नमस्कार गरि हात मिलाएका राष्ट्रपति मुखर्जीले प्रधानमन्त्री दाहालसँग भने अंकमाल नै गरे।

बुधबार ६० सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै काठमाडौँ आउनु भएका मुखर्जी विभिन्न औपचारिक कार्यक्रममा सरिक भई शुक्रबार स्वदेश फर्केका हुन् ।