फेमिलिया दे हेटौडाको सहयोगार्थ नोभेम्बर १२ मा कार्यक्रम


बार्सिलोना / बौद्दिक अपांगता भएका वा मानसिक पक्षघात भएका बालबालिकाहरुको सहयोगार्थ बार्सिलोनामा साँगितिक कार्यक्रम हुने भएको छ। फेमिलिया दे हेटौडाको सहयोगार्थ नाटाराज एसोसियसनले नोभेम्बर १२ तारिख कार्यक्रम गर्न लागेको हो।

कार्यक्रमबाट सम्पूर्ण नाफा रकम बालबालिकाहरुको सहयोगार्थ खर्च हुने आयोजकले जनाएको छ। कार्यक्रममा नेपाली पाठशाला स्पेनका बालबालिकाहरुको समेत प्रस्तुति रहने फेमिलिया दे हेटौडाकी संचालिका आईना बार्काले बताएकी छन्।यस बर्ष आफ्नो संस्थाले नेपालका गरेका कामहरुको समेत जानकारी गराउँने बताउँदै आईनाले कार्यक्रममा उपस्थित हुन नेपाली समुदायलाई अपिल गरेकी छन्।

  • कार्यक्रम बारे थप बिबरण :-
  • मिति :- १२ नोभेम्बर , २०१६
  • स्थान:- Centre Artesà Tradicionàrius (Travessia de Sant Antoni, 6)
  • समय:- १७.३० बजे
  • टिकट :- १२ युरो