स्पेनमा यस बर्ष पनि म्ह पुजा सम्पन्न


बार्सिलोना/ नेवा: समाज पासा पुच स्पेनले यस बर्ष पनि म्ह पुजा सम्पन्न गरेको छ । नेपाल सम्बत् ११३७ को अवसरमा नेवारी समुदाय बीच सोमबार बार्सिलोनामा म्ह पुजा सम्पन्न गरेको हो। पुजाको लागि सेतो चामलको पिठो,धानको फुल,कालो भट्टमास,मास(कालो)धान,तेलको मण्डब,र टिका लगाई  मण्डलहरु तयार गरिएको थियो। समाजले यस पटक गरी लगातार तिन बर्ष सम्म स्पेनमा म्ह पुजा सम्पन्न गरेको समाजकी अध्यक्ष निलु अवाले श्रेष्ठले जानकारी दिईन्।

म्ह पुजा अर्थात् आफ्नो शरीरलाइ आफैले पुजा गर्ने प्रथा नेवारी समुदायमा ठुलो पर्वको रुपमा मनाउने चलन छ। नेवारी समुदायमा परिवारका प्रत्येक सदस्यले नुहाई ,नंया बस्त्र लगाई मण्डलको अगाडी लहरै बसेर फुल ,अक्षताले आफैले आफैलाइ गर्दा(म्ह पुजा ) गर्दा सु-स्वास्थ्य राम्रो हुने बिश्वास गरिन्छ l आत्मा सन्तुष्ट भए देवता खुशी हुन्छन् र सबै काम फलिफाप हुन्छ भन्ने विश्वासका साथ यो पूजा गरिँदै आइएको छ ।

म्ह पुजा कै दिन नेपालको मौलिक संवत् नेपाल संवत् ११३७ को नयाँ वर्ष पनि सुरु हुने छ । लिच्छवी राजा राघवदेवको पालामा शङ्खधर साख्वाःले नेपालीहरूको ऋणमोचन गरी देशको नामबाट नेपाल संवत सुरु गरेकोले त्यही दिनदेखि नेपाल संवत् मनाउने गरिएको हो ।14877904_10209949673932702_641047361_n14875124_10209949673532692_676202692_n14877228_10209949732654170_1705207422_n14877183_10209949732854175_848794189_n14875413_10209949673332687_971603085_n14872593_10209949673172683_1587881244_n14937805_10209949673692696_534531541_n14877148_10209949673412689_88533897_n