स्पेनमा बालबालिकाहरु देउँसीमा झुमे (फोटोफिचर)


बार्सिलोना/ नेपाली पाठशाला स्पेनका बालबालिकाहरुले नेपालीहरुको महान पर्ब शुभ दिपावलीकोको अबसरमा देउँसी भैलो खेलेका छन्। दौरा सुरुवाल टोपी,गुन्यु चोली तथा जातीय तथा मौलिक पोशाकमा सजिदै बालबालिकाहरुले देउँसी भैलो खेलेका हुन्। लक्ष्मी पूजाको दिन एनआरएनए स्पेनको कार्यलयबाट सुरु भएको देउँसी भैलो कार्यक्रममा बालबालिकाका अभिभाबकहरुको समेत उपस्थिति रहेको छ।

५ बर्ष देखि १३ बर्ष उमेर समुहका बालबालिकाहरु शनिवार बार्सिलोनामा बिहान १० बजे देखि राति ८ बजे सम्म भैलो कार्यक्रममा नै ब्यस्त बने। पाठशाला संयोजक सरला सापकोटाले बालबालिकाहरुलाई नेपाली चाडपर्ब भाषा र संस्कृति सिकाउनको लागि एबम् नेपाली समुदाय,बच्चा र अभिभाबक बीच सदभाव बढोस् भन्नाका खातिर देउँसी भैलो कार्यक्रम सुरु गरिएको जानकारी दिईन्।

14890431_991941114267043_1133076762992027946_o पाठशालाले केहि दिन अघि कार्यक्रम बारे जानकारी दिदै नेपाली समुदायलाई सहभागी हुन खुल्ला आह्व्वान समेत गरेको थियो। देउँसी भैलो कार्यक्रमबाट करिव ५ सय युरो संकलन भएको जानकारी दिदै संयोजक सापकोटाले अर्को बर्ष देखि अझ बृहत रुपमा खेल्ने बताएकी छन्।

नेपाली पाठशाला संचालक समितिमा संयोजक सापकोटा सहित बिष्णु रानाभाट,ज्योति गुरुङ,बिनिता रेग्मी खनाल,लिला भण्डारी,दीपा गुरुङ,देबी भण्डारी,शितल भुर्तेल भुसाल र कबिता भट्टराई सदस्यहरु रहेका छन्।

फोटो:- कृपा थापा बिष्ट14939577_991937644267390_1152665809540865962_o14889715_991942447600243_6756007680533826073_o14859693_991940990933722_7870257605712241175_o14917244_991941874266967_436589550264868650_o14884448_991942164266938_7846317148956831543_o14890434_991937990934022_5265028883181717051_o14918887_991939630933858_9042488759867830449_o