नवनियुक्त राजदूत थापालाई बेल्जियममा स्वागत


– वसन्त रानाभाट

नवनियुक्त राजदूत लोकबहादुर थापालाई बेल्जियममा स्वागत गरिएको छ। बेल्जियमको नेपाली समुदाय माँझ आईतबार दूताताबासद्वारा आयोजित एक कार्यक्रमका बीच बेनेलक्सका लागि नियुक्त भएका राजदूत थापालाई स्वागत गरिएको हो। परराष्ट्र मन्त्रालयमा २७ बर्ष लामो कामको अनुभव बटुलीसकेका थापाले पछिल्लो क्रममा मन्त्रालयमा सह-सचिवको जिम्मेबारी सम्हालेका थिए।

बेल्जियममा राजदूत नियुक्त हुनु अघि पासपोर्ट शाखामा महानिर्देशकको रुपमा कार्यरत थापाले यस अघि चिन,साउदी अरब र अष्ट्रेलियाको मिसनमा समेत अनुभव बटुलेका छन्। थापाले अष्ट्रेलियामा उप- नियोग प्रमुखको रुपमा काम गरेर थिए। प्राय: राजनीतिक भागबण्डामा राजदूत नियुक्त भएर आउँने भए पनि परराष्ट्रमा करिव ३ दशक लामो अनुभव बटुलिसकेका थापाबाट बेल्जियमको नेपाली समुदायले भने ठुलो अपेक्षा राखेको छ।

दिपावली,छठ,नेपालसम्बत लगायतका पर्बहरुको अबसरलाई समेत जोडेर आयोजित स्वागत कार्यक्रममा राजदूत थापाले नेपालको बेल्जियम,नेदरल्याण्ड,लक्जम्बर्ग र युरोपीयन युनियनसँगको सम्बन्धलाई अझै बलियो बनाउँने प्रतिबद्दता ब्यक्त गरेका छन्। नेपाली समुदाय सक्रिय भए सो मुलुकमा कुटनीति पनि सफल हुने भन्दै राजदूत थापाले सहकार्य गरेर अघि बढ्ने बताए।

राजनीति,सामाजिक,आर्थिक सबै पाटोमा कुटनीतिको समायोजन गर्न सके मात्र मुलुकको बिकास हुने भन्दै उनले सबै पक्ष बलियो हुनु पर्नेमा जोड दिए। दूताबासले हेर्ने तिन वटै मुलुकमा नेपाली समुदायको कागाजी प्रक्रियालाई सहज पार्न आँफू र आफ्नो टिम प्रतिबद्द भएर लाग्ने बिश्वास समेत दिलाएका छन्।14639620_1306599739358370_6812792094178341174_nराजदूत थापालाई नेपाली समुदायको तर्फबाट गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेल्जियमका अध्यक्ष गंगाधर गौतमले स्वागत गरेका थिए। अध्यक्ष गौतमले दुताबास र समुदाय बीच नङ् र मासुको सम्बन्ध रहेको स्मरण गराउँदै आगामी दिनमा अझै प्रगाढ रहने बिश्वास ब्यक्त गरेका छन्।

दूताबासले आयोजना गरेको कार्यक्रममा एनआरएन केन्द्रिय सचिव अर्जुन कुमार श्रेष्ठ,महिला संयोजक सपिलाराज भण्डारी,उप-संयोजक रजनी प्रधान,लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो। दुताबासको तर्फबाट उपनियोग प्रमुख घनाश्याम भण्डारीले दिपावली, छठ, नेपाल सम्बत लगायत पर्बहरुको अबसरमा  नेपाली समुदायलाई शुभकामाना ब्यक्त गरेका थिए।