इटलीमा फेरि शक्तिशाली भूकम्प


मध्य इटलीमा शक्तिशाली भूकम्प गएको अधिकारीहरुले बताएका छन्। गत अगस्टमा झण्डै तीन सय मानिसको ज्यान जाने गरी भूकम्प गएको क्षेत्र नजिकै अर्को शक्तिशाली भूकम्प गएको हो।

प्रारम्भिक रिपोर्ट अनुसार ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ। नोर्चा शहरमा सेन्ट बेनेडिक्ट गिर्जाघरसहित थुप्रै भवनहरु क्षतिग्रस्त वा ध्वस्त भएको खबर प्राप्त भएका छन्। टेलिभिजनमा भिक्षु तथा भिक्षुणीहरु मुख्य चोकमा भेला भइरहेको दृश्यमा देखिन्छ। नजिकै पर्ने उसित्ता शहरका मेयरले आफ्ना वरपरका संरचनाहरु भत्किँदा धुँवाको मुस्लो उडेको बताएका छन्। उनले आफूले ‘नर्क देखेको’ बताए। गत अगस्ट महिनाको भूकम्पबाट सबैभन्दा बढी प्रभावित अम्ट्रिचे शहरमा फेरि क्षति पुगेको छ।-बीबीसी नेपाली सेवा