हृयाट्रिक गर्दै रोनाल्डोको,आलोचकलाई जबाफ


क्रिष्टियानो रोनाल्डोले आलोचकहरुको मुख बन्द गराउँदै ला लिगामा हृयाट्रिक गरेका छन्। उनकै मदतमा रियल मड्रिडले स्पेनिस ला लिगामा अलाभेसमाथि ४-१ को सहज जित समेत हात पारेको छ । पछिल्लो क्रममा रोनाल्डोले लिगामा गोल नगरेको भनेर चर्को आलोचना भईरहेको बेला उनले हृयाट्रिक पुरा गर्दै जबाफ फर्काएका छन्।

घरेलु मैदानमा भएको खेलमा डेभिसनले सातौं मिनेटमा नै अलाभेसलाई अग्रता दिलाएका थिए । तर, जोगाउन सकेन । १७ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै रोनाल्डोले खेललाई बराबरीमा पुर्‍याए । ३३ औं मिनेटमा रोनाल्डोले दोस्रो  गोल गर्दै पहिलो हाफमा टिमलाई २-१ को अग्रता दिलाए । खेलको ७९ औं मिनेटमा रोनाल्डोसामू हृयाट्रिक पुरा गर्ने मौका थियो, तर उनी पेनाल्टीमा चुके । उनको पेनाल्टी प्रहार आलाभेसका गोलकिपरले रोके ।

८४ औं मिनेटमा मोराटाले गोल गर्दै रियल मडिडको अग्रता बढाए । त्यसको चार मिनेटपछि नै रोनाल्डोले गोल गरे र हृयाट्रिक पुरा गर्दै टिमलाई ४-१ को जित दिलाएका छन् ।जितपछि रियल मडिड १० खेलबाट २४ अंकसहित शीर्ष स्थानमा छ र दोस्रो स्थानमा रहेको बार्सिलोनासँग २ अंकको दुरी छ ।