अफ्रिकी मुलुक नाइजेरियामा एनआरएनहरु देउँसीमा रमाए


लेगोस/ तिहारको रौनककताले स्वदेशमा मात्र हैन अफ्रिकाको नाइजेरियामा समेत छोएको छ। लेगोसमा देउँसी भैलो कार्यक्रम गरेर नेपालीहरु रमाउँदा अफ्रिकामा समेत तिहारको प्रभाव बढेको हो।

गैर आबासीय नेपाली संघको राष्ट्रिय समन्वय समिति नाइजेरियाले हरेक बर्ष झै यस बर्ष पनि लेगोसको अपापामा देउसी भैलो खेल्दै नेपाली पहिचान झल्काएको छ। नेपाली कला र सस्कृतिको जगेर्नामात्र हैन संघले सत्तरी हजार रुपैयाँ समेत संकलन गरेको छ। उक्त रकम संघले परोपकारी तथा सामाजिक कार्यमा लागि नेपाल पठाउने जनाइेएको छ।

संघका अन्तरराष्ट्रिय परिषदका कोषाध्यक्ष हिक्मत थापाको उपस्थितिमा आयोजित कार्यक्रमको संयोजन आईसीसी सदस्य चिरन्जिबी रोकाले गरेका थिए। देउसी भैलो कार्यक्रममा संघका सचिब रोशन थापा , विश्वाश पौडेल , गंगासागर श्रेष्ठ , ईन्द्र टण्डन , अभिशेक सिंह , बुधराम महतो ,मदन बोहरा , मन थापा ,अन्जु पौडेल ,अर्चना सिंह लगायतको सहभागीता रहेको थियो।14922921_10155298106594989_599170850_o