छठ पर्व लगत्तै संविधान संसोधन गर्ने प्रचण्डको संकेत, संसोधन नभए गठबन्धन भत्कने खतरा


काठमाडौं–संविधान संसोधनको विषयमा सरकार दवावमा रहेकोबेलाप्रधानमन्त्री एवम माओवादीकेन्द्रका अध्यक्ष प्रचण्डले छठ पर्व लगत्तै संविधान संशोधन गर्ने तयारी भइरहेको बताएका छन् । । आज बसेको पार्टी संसदीय दलको वैठकमा बोल्दैप्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उपयुक्त विधि र सहमतिमा संसोधन प्रस्ताव दर्ता नभएगठबन्धन भत्कन सक्ने खतरा रहेको संकेत समेत उनले गरे ।

माओवादी केन्द्रका एक सांसदका अनुसारवैठकमा प्रचण्डले सहमतिका लागि गृहकार्य भने भैरहेको बताएका छन् । ‘तराई–मधेशका मुद्दा सम्बोधनका लागि संविधान संसोधन अनिवार्य सर्त हो । योप्रक्रिया अगाडि नबढाउदा असन्तुष्टहरुका माग सम्बोधन गर्न सकिने अबस्थाछैन’ प्रचण्डको भनाई थियो ।

वैठकमा प्रचण्डले ३० दलीय गठबन्धनले अगाडि सारेको १० प्रदेशको प्रस्तावअनुसार संविधान संसोधन प्रस्ताव अगाडि बढाए असन्तुष्ट दलहरुले स्वीकार गर्नसक्ने बताए । प्रचण्डले यो विषयमा सहमति जुटाउन काँग्रेस–एमालेसँग पनिकुराकानीको प्रयास भएको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले विभिन्न विकल्पमासहमतिको प्रयास कायम रहेको तर कुनै निश्कर्षमा नपुगेको पनि बताए । उनलेसंवादलाई सधन पारेर छठसम्म एउटा निश्कर्षमा पुगिने पनि बताए । वैठकमा प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमण सफल रहेको पनि सांसदहरुलाई जानकारी दिएका थिए।