पूर्वाधार विना खेलकुदको विकास हुदैन : अध्यक्ष श्रेष्ठ


राजाराम पौडेल,पोखरा । भौतिक पूर्वाधार विना खेलकुदको विकास नहुनेनेपाल ओलम्पिक कमिटिकाअध्यक्ष जिवनराम श्रेष्ठले बताएका छन् । नेपाल ह्याण्डबल संघको आयोजना तथा नेपाल ओलम्पिक कमिटिकोसहयोगमा मंगलबारदेखि पोखरामा सुरु ओलम्पिक सोलीडारीटि टेक्निकल कोर्षकोउद्घाटन गदै अध्यक्ष श्रेष्ठले खेलकुदको विकासमा भौतिक पूर्वाधारमा राज्यलेध्यान दिनुपर्ने बताए। ‘भौतिक पूर्वाधार नभएसम्म खेलकुदको विकासहुदैन्, त्यसका लागी राज्यले ध्यान दिनुपर्छ ’ अध्यक्ष श्रेष्ठले भने ।नागरिकलाई स्वस्थ राख्न राज्यले लगानी गर्नुपर्छ, त्यसका लागी भौतिकपूर्वाधार निर्माणका लागी पयाप्त बजेट विनियोजन गर्नुपर्नेमा उनको जोडथियो ।

उनले नेपाल ओलम्पिक कमिटि खेलकुदकोविकास र नतिजामुखी बनाउन प्रतिबद्ध रहेको बताउदै त्यसका लागी सरकारी, नीजिक्षेत्र र नागरिकको सहयोग आवश्यक पर्ने बताए । उहाँले डेढ महिना अधिसम्पन्न रियो ओलम्पिकमा गरेको तयारीले विगतको भन्दा राम्रो नतिजा ल्याउनसफल भएको भन्दै २०२० मा आयोजना हुने ओलम्पिकको लागी तयारी थालिएको समेतजानकारी दिए । ‘२०२० मा आयोजना हुने ओलम्पिकको तयारी सुरु गरेका छौ, नेपाली खेलाडीले नयाँ इतिहास रच्ने छन् ।’

उनले दुई वर्षपछि नेपालमा आयोजना हुने१३ सागको तयारीका लागी सागको बैठक राख्ने बताए । नेपाल सरकार साग गेमगर्नका लागी प्रतिबद्ध रहेको बताउदै भौतिक पूर्वाधार निर्माणमा तिव्रतादिनुपर्नेमा जोड दिए। उहाँले सागका केही खेलहरु पोखरामा आयोजना गरिनेबताए । उनले यस्ता प्राविधिक प्रशिक्षणले परिर्वतीत नियमहरुकाबारेमा जानकारी हुने बताउदै चेन्ज भएका रुलहरुका बारेमा जानकारी हुदाँनतिजामा प्रभाव पार्ने बताए । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकाससमितिका अध्यक्ष खगराज पौडेलले खेलकुदमा परिर्वतन आवश्यक रहेको बताउदैपूर्वाधार, प्रशिक्षण र प्रतियोगितामा ध्यान दिन सके मात्रै पदकको आशा गर्नसकिने बताए। अन्तराष्ट्रिय ह्याण्डबल महासंघका प्रशिक्षक डा.फेन्टीसेक ट्यावरोस्कीले नेपालमा खेल पर्यटनको सम्भावना रहेको बताए ।

अन्तराष्ट्रिय ओलम्पिक कमिटिले १० ओटासंघहरुको सक्रियताको आधारमा छनोट गर्दा नेपालबाट ह्याण्डबलले अवसर प्राप्तगर्न सफल भएको नेपाल ह्याण्डबल संघका अध्यक्ष तेजबहादुर गुरुङले बताए ।सिनियरस्तरको उक्त प्रशिक्षण एक सातासम्म संचालन हुने भएको नेपालह्याण्डवल संघका सचिव केशव पाठकले बताए । प्रशिक्षणमा राष्ट्रियखेलकुद परिषदका ह्याण्डवल खेलका प्रशिक्षक, नेपाल आर्मी, सशस्त्र प्रहरीवलको एपिएफ, उदयपुर ह्याण्डवल एकेडेमीका प्रशिक्षक सहित विभिन्न जिल्लाकागरी २१जना प्रशिक्षकहरुकोसहभागिता रहेको छ । ह्याण्डवल खेलको विकास गराउनेउद्धेश्यले अन्तराष्ट्रिय ह्याण्डवल महासंघका प्रशिक्षक चेक रिपव्लिकनागरीक डा.फेन्टीसेक ट्यावरोस्कीले पोखरामा हुने उक्त कोर्षमा प्रशिक्षणगराउनेछन्।