न्यायिक प्रक्रिया अवरुद्ध पार्ने गलत प्रवृत्तिविरुद्ध शून्य सहनशीलता : सर्वोच्च अदालत (छापाबाट)


सर्वोच्च अदालतले ‘न्यायिक प्रक्रिया अवरुद्ध पार्ने गलत प्रवृत्तिविरुद्ध शून्य सहनशीलता अपनाउने’ आदेश जारी गरेको छ । अख्तियारदुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई म्यादतामेली गर्ने क्रममा अवरोध गर्नेहरूमाथि कारबाहीका क्रममा सर्वोच्चले यस्तोआदेश गरेको हो । ‘अदालतको आदेश अबज्ञा गर्ने र न्यायिक प्रक्रियालाईकानुनको छिद्र खोजी अवरुद्ध गर्ने प्रवृत्तिले कुनै स्थान पाउनु हुँदैन,’ न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले मंगलबार जारी गरेको आदेशमाभनिएको छ, ‘कानुनी राज्य निर्माणका लागि कानुनपरायणताको संस्कार कायमराख्नु आवश्यक छ ।’ आजको कान्तिपुर दैनीकमा खबर छ ।

राज्यकानिकाय र पदाधिकारीले समेत न्यायिक कामकारबाही पालना गर्नु अनिवार्य रहेकोस्मरण गराउँदै त्यसविरुद्धका क्रियाकलाप न्यायालयका लागि स्वीकार्य नहुनेआदेशमा उल्लेख छ । ‘प्रचलित संविधान एवं कानुनले राज्यसम्बद्ध निकाय वापदाधिकारीहरूले अदालतको कामकारबाही वा न्यायिक प्रक्रियामा सहयोग गर्नुअनिवार्य हुने गरी निर्देशित गरेको देखिन्छ’, आदेशमा भनिएको छ, ‘न्यायिकप्रक्रियामा असहयोग गर्ने, छल्ने वा न्यायिक प्रक्रिया नै अवरुद्ध गर्नेकिसिमका कुनै पनि कामकारबाही वा क्रियाकलाप स्वीकार्य हुनै सक्दैन ।’
न्यायाधीशखतिवडाको एकल इजलासले म्याद तामेलीमा बहानाबाजी गर्ने र दसैं बिदाकोअघिल्लो दिन लापरबाहीपूर्वक सम्पर्कविहीन भएका तामेलदार शम्भुबहादुरखत्रीसहित वडा कार्यालयमा अनुपस्थित भएकी सचिव सरिता राई र खरिदार भेषराजअर्यालमाथि कारबाही प्रक्रिया थालेको छ ।
म्याद तामेलीका क्रममातामेलदार खत्री, काठमाडौं महानगरपालिका–१० की वडा सचिव राई र खरिदारअर्यालले असहयोग गरेको विवरण सार्वजनिक भएपछि सर्वोच्च अदालत प्रशासनलेन्यायिक टिप्पणीका आधारमा कारबाही थालेको हो । तामेलदार बलदेव महतकोप्रतिवेदन, मिसिलमा संलग्न विभिन्न सञ्चार माध्यमका समाचार तथारजिस्ट्रारले पेस गरेको कागजातका आधारमा म्याद तामेलीमा विभिन्न बहानाबाजी रअवरोध भएकामा सर्वोच्चले कारबाही प्रक्रिया अघि बढाएको हो ।

सर्वोच्चप्रशासनले सोमबार प्रमुख आयुक्त कार्कीको म्याद तामेल गरेको छ । अदालतबाटखटिएको तामेलदारको टोलीले वडा सचिव राईको उपस्थितिमा कार्कीकोबानेश्वरस्थित घरमा म्याद टाँसेको हो । कार्कीका नातेदार र समर्थककोअवरोधपछि तामेलदारको टोली सर्वोच्च फर्किएको थियो ।
टोली फर्केपछिकार्कीका समर्थक पनि हिँडेका थिए । त्यसपछि कार्कीको घर पुगेको टोलीलेम्याद टाँसेको हो । ‘बानेश्वरमा कार्कीको घर फेला परेको, उक्त घरमाकार्कीलाई फेला पार्न नसकिएको र एकाघर परिवार पनि कोही नभेटिएकालेपूर्वतर्फ फर्केको घरदैलोमा सूचना टाँस गरिदिएको छु,’ म्याद तामेलीकोबेहोरामा भनिएको छ ।