त्रिपक्षीय सहकार्य आवश्यक : चीन (छापाबाट)


चीनले नेपाल र भारतसँगसहकार्य गर्दै अघि बढ्दा आर्थिक विकास र क्षेत्रीय स्थायित्वमा समेत योगदानपुग्ने विश्वास व्यक्त गरेको छ । बेइजिङस्थित विदेश मन्त्रालयमा सोमबारआयोजित पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता हुअ चुनयिङले भारतको गोवामाभएको त्रिपक्षीय भेटबारे सोधिएको प्रश्नको जवाफ दिँदै उक्त कुरा बताएकीहुन् ।

‘हामी विश्वास गर्छौं, द्विपक्षीय सम्बन्धका तीन जोडीहरू (चीन–नेपाल, चीन–भारत र नेपाल–भारत) बीचको सकारात्मक अन्तक्र्रियाले तीनदेशको आर्थिक र सामाजिक विकासलाई मात्र प्रवद्र्धन गर्दैन, क्षेत्रीयस्थायित्व र विकासमा समेत योगदान पुर्‍याउँछ,’ प्रवक्ता हुअले भनिन्, ‘हामीभारत र नेपालसँग त्रिपक्षीय सहकार्य कसरी बढाउने भन्नेबारे पहिल्याउनचाहन्छौं, ताकि तीन देशको साझा विकास अगाडि बढाउन सकियोस् ।’ आजको कान्तिपुर दैनिकमा खबर प्रकाशित छ ।

चीनकाराष्ट्रपति सी जिनपिङले गोवामा आयोजित ब्रिक्स सम्मेलनका क्रममा नेपाल रभारतका प्रधानमन्त्रीसँग गरेको छलफलका सन्दर्भमा चिनियाँ प्रवक्ताले तीनमुलुकबीच सहकार्यको खाँचो पुन: औंल्याएकी हुन् । यसअघि आइतबार भारतीय विदेशमन्त्रालयका प्रवक्ताले गोवामा तीन देशका कार्यकारी प्रमुखबीचको संयुक्तभेट ‘संयोगवश’ मात्र भएको र त्यहाँ ‘त्रिपक्षीय समझदारी’ नभएको टिप्पणीगरेका थिए । चिनियाँ विदेश प्रवक्ताले नेपालका प्रधानमन्त्रीसँग गोवामाभएको द्विपक्षीय भेटवार्तामा चिनियाँ राष्ट्रपतिले ‘चीन र नेपाल पहाड तथानदीहरूले जोडिएका निकट छिमेकी रहेको’ उल्लेख गरेको पनि बताइन् ।

‘विश्वराजनीतिमा जेजस्तो उतारचढाव देखिए पनि हाम्रो (द्विपक्षीय सम्बन्ध)स्थापनाको पाँच दशक पूरा भइसक्दा पनि नेपाल र चीनबीचको मित्रता सदैव स्वस्थर राम्रोसँग अघि बढेकोमा राष्ट्रपतिले प्रसन्नता व्यक्त गर्नुभएको छ,’ हुअले भनिन् । राष्ट्रपति सीले प्रधानमन्त्री दाहालसँगको भेटमा दुईपक्षीयसम्बन्धलाई निकै जोड दिएको जनाउँदै उनले थपिन्, ‘नेपालसँग सबैजसो क्षेत्रकोप्रभावकारी सहयोगलाई जोड दिँदै अघि बढ्न चीन तयार छ । विशेष आर्थिकक्षेत्र, पूर्वाधार निर्माण, सडक सञ्जाल लगायतमा सहयोग गर्न चीन तयार छ ।’

चीनलेनेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको भन्दै प्रवक्ताले उचितसहकार्य गर्न तत्पर रहेको उल्लेख गरिन् । तर, चिनियाँ राष्ट्रपति सीकम्बोडिया र बंगलादेश हुँदै भारत पुग्दा पहिले चर्चा भएझैं नेपाल भ्रमणमानआएको विषयमा भने उनले केही बताइनन् ।