पोखरा उपमहानगरपालिका सहकार्य गर्न तयार : कार्यकारी अधिकृत ढुंगाना


राजाराम पौडेल,पोखरा।पोखरा उपमहानगरपालिका कार्यालयका नगआगन्तुक प्रमुख कार्यकारीअधिकृत नबराज ढुंगानालाई पश्चिमाञ्चल होटल संघपोखराले स्वागत गर्दै उनीसँग छलफल तथा अन्तरक्रियाकार्यक्रम सम्पन्न गरेको छ । स्वागत तथा छलफल कार्यक्रममा बोल्दैसंघका अध्यक्ष भरतराज पराजुलीले पोखराको विकासका लागि गर्नुपर्ने कामहरुबारे कार्यकारी अधिकृत ढुंगानालाई अवगत गराएका थिए ।

पोखराको समग्र विकासका लागि संघउपमहानगरपालिका कार्यालयसँग सधैं सहकार्य गरेर अगाडि बढ्न तयार रहेको स्मरणगराउँदै पराजुलीले पर्यटन विकास लगायत नगरका अन्य विकासका काममा संघहातेमालो गरेर अगाडि बढ्न तयार रहेको उनले बताए ।

फेवा तालको संरक्षण र विकास, पोखराकोफोहोर मैलाको उचित व्यवस्थापन, पोखराको सडक मर्मत तथा संभार र व्यवस्थापन, एकिकृत सम्पत्ति कर सम्बन्धी अब्यवहारिक पक्षको सुधार लगायतका कामहरुतत्काल अगाडि बढाउन जरुरी भएको संघका तर्फबाट पराजुलीले कार्यक्रममा राखेकाथिए । पोखरालाई हरियाली शहरको रुपमा विकास गर्न जरुरी भएको भनाई पनि सोअवसरमा पराजुलीले राखे ।

सोअबसरमा बोल्दै कार्यकारी अधिकृत ढुंगानाले उपमहानगरपालिका कार्यालयहोटलकर्मीहरुसँग सहकार्य गरेर नै अगाडि बढ्न तयार रहेको प्रतिबद्धता सुनाए ।आफू कास्कीकै बासिन्दा भएको स्मरण गराउँदै उनले पोखराको पर्यटन लगायत अन्यसमग्र विकास आफूले देख्न र सोही अनुसार अगाडि बढ्न चाहेको बताउँदै समग्रनगरबासीको सहयोग आफूलाई आबश्यक पर्ने सो अबसरमा बताए ।

पोखरामा पछिल्ला महिनाहरुमा सडककोदूराबस्थाले निकै पिरोलेको गुनासो सुनेपछि उनले यसका लागि तत्काल भत्केकोसडक मर्मत गर्नका लागि एउटा मर्मत शाखा नै व्यवस्था गर्ने प्रतिबद्धता उनलेसुनाए । ठेकेदार व्यवस्था गरेर सडक भत्केको ठाउँमा तत्काल मर्मत गर्नेव्यवस्था गर्ने कार्यलाई आफूले अगाडि बढाउने उनले प्रतिबद्धता जनाए ।

कार्यक्रममा संघका अध्यक्ष पराजुली तथापूर्व अध्यक्ष तथा सल्लाहकारहरुले कार्यकारी अधिकृत ढुंगानालाई स्वागतगरेका थिए । संघका सल्लाहकारहरु विश्वशंकर पालिखे, मेहरमान श्रेष्ठ, लक्ष्मीबहादुर भट्टराई, गोविन्दराज पहारी र विप्लव पौडेलले पनि पोखराविकासका लागि गर्नुपर्ने कामहरु सुझावको रुपमा राखेका थिए । कार्यक्रमकोसंचालन संघका महासचिव भेकेन्द्रकुमार श्रेष्ठले गरेका थिए ।

यसैविच संघले विगत वर्षहरुदेखि नै गर्दैआएको भाइटिका महोत्सव यसवर्ष पनि भव्य रुपमा मनाउने निर्णय गरेको छ ।तिहारको दिन विदेशी पर्यटकलाई टिका लगाउने कार्यक्रमका लागि संघकाकोषाध्यक्ष राजेन्द्र ढकाललाई सयोजक चयन गरिएको संघले जनाएको छ ।