एनआरएनको प्रतिनिधित्व गरेका बिनय कार्कीलाई सफलता


पोखरा- एघारौ इन्टरनेशल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसिपमा एनआरएनएअष्ट्रियाको तर्फबाट सहभागिता जनाएका बिनय कार्कीले गोल्ड स्पेरीङ, गोल्ड टेकनिक र वेस्टप्लेयर अफ दि टुर्नामेन्टको ट्रफि जितेका छन् । खेलअक्टोबर १४ र १५ तारिख अमेरिकाको पोर्टल्याण्डमा भएको थियो । युरोपमा तेक्वान्दोबाट ठुलो सफलता हासिल गरिसकेका कार्कीले दुई बर्ष अघिलण्डनमा सम्पन्न दशौ इन्टरनेशल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसिपमापनि भाग लिएका थिए। कार्कीले लण्डनमा सम्पन्न प्रतियोगितामा गोल्ड रसिल्भर गरी दुई पदक जितेका थिए। उनी अब हुन लागेको अन्तराष्ट्रिय जि वान वेलग्राड प्रतियोगीतको लागि अष्ट्रियाको राष्ट्रिय टिममा छनोट भएका छन् ।