पोखरा लेकसाइडको माउण्ट कैलाश रिसोर्टलाई ‘विश्व अवार्ड’


पोखरा । माउण्ट कैलाश रिसोर्टले गुणस्तरीय सेवा प्रदान गरे वापत विश्व अवार्ड जित्नसफल भएको छ । विश्वभरका विभिन्न क्षेत्रका उत्पादनमुलक कम्पनी तथा सेवाप्रदायक कम्पनीलाई प्रदान गर्ने गरिएको अवार्ड पोखराको लेकसाईड स्थितमाउण्ट कैलाश रिसोर्टले हातपारेको हो ।

माउण्टकैलास रिसोर्ट यो अवार्ड प्राप्त गर्ने पहिलो नेपाली रिसोर्ट बनेको छ । विजनेशएनिसिएटिभ डिरेक्सन्स (बिआइडी ) नामक अन्तराष्ट्रिय संस्थाले रिसोर्टलाई ‘वल्र्ड क्वालिटी कमिटमेन्ट अवार्ड’ प्रदान गरेको हो । गएराति फ्रान्सकोराजधानी पेरिसमा आयोजित कार्यक्रमका विच रिसोर्टका अध्यक्ष नरेश भट्टराई रप्रबन्ध निर्देशक शौमाया गुरुङ भट्टराईले अवार्ड ग्रहण गरे ।

अवार्ड हात पारेपछि भट्टराईले नेपालीहोटल, रिसोर्ट र रेष्टुरेन्ट अन्तराष्ट्रिय गुणस्तरको सेवा प्रदान गर्नसक्षम रहेको प्रमाणित भएको बताए । माउण्ट कैलाशले प्राप्त गरेकोअन्तराष्ट्रिय अवार्डले पोखरासँगै नेपालकै पर्यटन प्रबद्र्धनमा थप सहयोगपुर्याउने भट्टराईको विश्वास छ । कार्यक्रममा उनले माउण्ट कैलाश रिसोर्टलेप्रदान गर्दै आएको सेवालाई थप गुणस्तरीय बनाउने प्रतिबद्धता जनाए । यो बर्ष नेपालबाट माउण्ट कैलाश रिसोर्टसँगै विभिन्न देशका विभिन्न कम्पनीहरुले अन्तराष्ट्रिय गुणस्तरको अवार्डप्राप्त गर्न सफल भएका छन् ।

स्थापनाको ७ बर्ष पुरा गरेको रिसोर्टलेयसअघि विभिन्न अन्तराष्ट्रिय अवार्डहरु समेत हात पारिसकेको छ । बिआइडी नामकसंस्थाले विश्वभरका विभिन्न क्षेत्रमा संलग्न कम्पनीहरुका सेवाकोगुणस्तरीयता मुल्याङ्कन गरी बार्षिक रुपमा अवार्ड प्रदान गर्दै आएको छ ।