दरबारले बुझाएका दस्ताबेज गायब (छापाबाट)


पूर्व राजा ज्ञानेन्द्रले नारायणहिटी दरबारछाड्नुपूर्व पारदर्शी र औपचारिक रूपमा गिरिजाप्रसाद कोइराला सरकारलाईहस्तान्तरण गरेका ऐतिहासिक तथा राष्ट्रिय महत्वका अधिकांश दस्ताबेज गायबभएका छन् ।

आठ वर्षअघि सरकारद्वारा गठित गृहसचिवमोदनाथ डोटेलको समितिलाई राजदरबारले बुझाएका ऐतिहासिक तथा संस्थागतमेमोरीमा रहेका सबै रेकर्डहरू कि त छिन्नभिन्न अवस्थामा रहेको वा गायब भएकोउच्चपदस्थ र जिम्मेवार अधिकृतहरूले अन्नपूर्ण पोस्ट्लाई बताएका छन् । तीदस्ताबेज केके थिए र अहिले कुन अवस्थामा कहाँ छन् भन्ने सरकारसँग कुनैरेकर्डसमेत छैन ।

तत्कालीन संविधानसभाले राजतन्त्र हटाएरगणतन्त्र घोषणा गरेलगत्तै दरबारका कर्मचारीले त्यहाँ भएका सबै दस्ताबेजराष्ट्रिय सम्पत्तिका रूपमा संग्रहालय बनाएर राखियोस् भनेर नेपाल सरकारलाईहस्तान्तरण गरेका थिए । त्यतिबेला दरबारले डकुमेन्टको प्रकृति हेरेरअधिकांश परराष्ट्र मन्त्रालयलाई, केही गृह, केही सामान्य प्रशासन र केहीनेपाली सेनालाई बुझाएको थियो ।

तर ती दस्ताबेज अहिले कहाँ छन् भन्नेकसैलाई स्पष्टसँग थाहा छैन । परराष्ट्र मन्त्रालयका दुईवटा कोठामा तालालगाएर केही फाइल छरपष्ट फालिएको छ तर त्यहाँ के छ भन्ने रेकर्डमन्त्रालयसँग छैन । कतिपय महत्वपूर्ण दस्ताबेज धमिराले खाएका छन् भनेकतिपयमा ढुसी लागेर अक्षर मेटिएका छन् । गृह र सामान्य प्रशासन मन्त्रालयमाअहिले दरबारका कुनै दस्ताबेज छैनन् । आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ।