स्थानीय तह पुन:संरचना आयोग साढे ७ सय स्थानीय तह बनाउने गृहकार्यमा (छापाबाट)


सरकारले पुन:संरचनाको नयाँ मापदण्ड तोकेपछि स्थानीय तह पुन:संरचना आयोगले अब साढे ७सय हाराहारी स्थानीय तह बनाउने गृहकार्य थालेको छ । आयोगले सरकारले तोकेकोपछिल्लो मापदण्डसमेत थपेर पुन:संरचनाका आधारमा परिमार्जन गर्दै संख्याबढाउन लागेको हो ।

आयोग स्रोतका अनुसार सोमबार बसेको बैठकलेस्थानीय तहको संख्या ७ सय ४२ तोक्ने तयारी गरेको छ । अन्तिम निर्णय गर्नबाँकी रहेकाले संख्या सामान्य थपघट हुने सम्भावना छ । आयोगले यसअघि ५ सय ६५वटा स्थानीय तहको संख्या निर्धारण गरेर काम थालेको थियो ।

प्रमुखतीन दल कांग्रेस, एमाले र माओवादीबीचको सहमतिपछि सरकारले इलाकालाई मुख्यआधार मानेर पुन:संरचना गर्न आयोगलाई नयाँ मापदण्ड दिएको हो । संघीय मामिलातथा स्थानीय विकास मन्त्रालयको संघीय मामिला महाशाखा प्रमुख एवं आयोगकासदस्य सचिव हरि पौडेलले सरकारले तोकेको नयाँ मापदण्डअनुसार कसरी बढ्नेबारेछलफल भइरहेको बताए । ‘नयाँ आधार तय गरेर स्थानीय तहको सम्भावित संख्यानिकाल्ने विषयमा छलफल भइरहेको छ,’ उनले भने, ‘काम छिटो होस् भनेर मन्त्रालयर आयोग बिदालगत्तै सक्रिय भएका छन् ।’

सरकारले पुन:संरचनाकोमापदण्ड थपेपछि आयोग इलाकाको संख्या, भूगोल, जनसंख्या, आर्थिक पक्षलगायतकाविषयमा पनि अध्ययन थालेको छ । ‘९२७ इलाका छन् । अब तिनै स्थानीय तह हुन्छन्भन्ने होइन,’ आयोगका सदस्य नीरज शाहले भने, ‘तर, नयाँ आधार तय गर्दासंख्या बढ्ने निश्चित छ । संख्याको विभिन्न विकल्पमा छलफल भइरहेको छ । त्योसाढे ६ सयदेखि साढे ७ सयसम्म हुन सक्छ ।’  आजको कान्तिपुर दैनिकमा खबर छ ।