दोहोरी प्रतिष्ठान युकेका वरिष्ठ उपाध्यक्ष शेरचनलाई पोखरामा स्वागत, उपस्थित कलाकारको संख्या न्युन


राजाराम पौडेल,पोखरा ।

लोक तथा दोहोरी गीत प्रतिष्ठान युके शाखाका वरिष्ठ उपाध्यक्ष टंक शेरचनलाई पोखरामा स्वागत तथा सम्मान गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी अञ्चलको आयोजनामा भएको कार्यक्रममा शेरचनलाई स्वागत तथासम्मान गरिएको हो । राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान नेपालका उपमहासचिव चोलेन्द्र पौडेल, केन्द्रिय सदस्य जीवनदाहाल र गण्डकी अञ्चलका पदाधिकारी सहितको टोलीले शेरचनलाईस्वागत गरे । कार्यक्रममा बोल्दै युके शाखाका वरिष्ठ उपाध्यक्ष शेरचनले युके शाखाखोल्दा भोग्नु परेका अप्ठेरा र चुनौतीको बारेमा बताए ।

साथै उनले दोहोरीप्रतिष्ठान युकेको वर्तमान अवस्थाको बारेमा समेत जानकारी दिदै आफुलाई स्वागतसम्मान गरेको भन्दै प्रतिष्ठान गण्डकीप्रती आभार व्यक्त्त गरे । कार्यक्रममा उपस्थित हुन प्रतिष्ठान गण्डकी र कास्की कलाकारलाई निमन्त्रणा गरिएको भएपनि उपस्थित कलाकारको संख्या भने निकै कम रहेको थियो ।

निर्धारित समयभन्दा ढिला शुरु भएको कार्यक्रम राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान गण्डकीका अध्यक्ष शंकरबिरही गुरुङको अध्यक्ष्यतामा भएको थियो भने सञ्चालन महासचिव सुरेन्द्र गुरुङले गरेका थिए ।