चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयो


काठमाडौं । व्यवस्थापिका संसदले चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।व्यवस्थापिकासंसदको आइतबार बसेको बैठकले मतदाता, राजनीतिक दल र निर्वाचन सम्बन्धी ३ वटा विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको हो । उपप्रधानतथा गृहमन्त्री विमलेन्द्र निधिले निर्वाचन सम्बन्धी तीन वटै विधेयकलाईदफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनि राखेको प्रस्तावसर्वसम्मत पास भएको हो ।

शिक्षामन्त्री धनिराम पौडेलले प्रस्तुतगर्नुभएको राजर्षिजनक विश्वविद्यालय विधेयकलाई दफावार छलफलका लागिसम्बन्धित समितिमा पठाइयोस् भनि राखेको प्रस्ताव सर्वसम्मत पास भएको हो ।विधेयक सर्वसम्मति पास भएसँगै सभामुख ओनसरी घर्तीमगरले संविधानको भावनाविपरित नहुनेगरी विधेयकका दफामा आवश्यक छलफल र संशोधन गर्न अनुमति दिइन् ।विधेयकमाथिको संशोधनका लागि दिइएको असोज २१ गतेसम्मको समयमा राजनीतिक दल सम्बन्धी विधेयकमा सबैभन्दा बढी ३५, निर्वाचनआयोग सम्बन्धी विधेयकमा २१ र सबैभन्दा कम मतदाता नामावली विधेयकमा १२संसोधन प्रस्ताव परेका थिए । व्यवस्थापिकासंसदको असोज १८ गतेको बैठकमा सरकारले निर्वाचनसँग सम्बन्धित तीन वटाविधेयक पेश गरेको थियो ।