प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाका राष्ट्रपतिबीच साइडलाइन वार्ता


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल र श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरीसेनाबीच आइतबार साइडलाइन वार्ता भएको छ ।भारतको गोवामा जारी ब्रिक्स–बिम्सटेक सम्मेलनबीच भएको भेटवार्ताका क्रममा दुई नेताले दुई देशबीच विभिन्न आयाममा सहकार्यको सम्भावनाबारे चर्चा गरेका थिए । भेटका क्रममा दुई देशबीच सांस्कृतिक र धार्मिक समानताको विषयमा पनि चर्चा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । विशेष गरेर बौध धर्मको प्रबद्र्धनको बारेमा दुई नेताबीच छलफल भएको मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार आजको भेटवार्तामा हवाई सञ्जाल विस्तार, तेस्रो मुलुकमा हुने महिलाहरुको तस्करी रोक्ने विषयमा सहकार्य गर्ने लगायतका विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री प्रचण्डले लागुऔषधको अभियोगमा श्रीलङ्काले ललितपुरका चेतबहादुर थापालाई दिएको मृत्युदण्डको फैसलाबारे पुनर्विचार गर्न श्रीलंकाकाली राष्ट्रपतिसँग अनुरोध गरे ।

भेटमा प्रचण्ड र सिरसेना भारत-पाकिस्तान तनावले स्थगित भएको सार्क सम्मेलन छिटो आयोजनाको पहल गर्ने सहमति भएको बताइएको छ।नेपाल र श्रीलंकाबीच सिधा हवाई सेवा सञ्चालनमार्फत् दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउनुपर्नेमा समेत छलफल भएको बताइन्छ ।