संविधानको प्रभावकारी कार्यान्वयन लागि आन्तरिक एकता आवश्यक : राष्ट्रपति सी जिनपिङ (छापाबाट)


चीनकाराष्ट्रपति सी जिनपिङले नेपालमा गतवर्ष जारी भएको संविधानको प्रभावकारीकार्यान्वयन लागि आन्तरिक एकता आवश्यक रहेको बताएका छन् । ब्रिक्ससम्मेलनमा भाग लिन भारतको गोवा आएका प्रधानमन्त्री पुष्पकमल दाहालसँगकोभेटमा चिनियाँ राष्ट्रपतिले यस्तो धारणा व्यक्त गरेका हुन् । भेटमाप्रधानमन्त्री दाहालले नेपालमा जारी भएको संविधानको चीनले गतवर्ष स्वागतगरेकोमा खुसी प्रकट गर्दै धन्यवाद व्यक्त गरेका थिए । ‘चिनियाँराष्ट्रपतिले आन्तरिक एकतामा जोड दिनुभयो । प्रधानमन्त्री दाहालले केहीआन्तरिक असन्तुष्टिलाई सम्बोधन गर्दै सरकार संविधान कार्यान्वयनमा लागेकोजानकारी गराउनुभयो,’ भेटमा सहभागी परराष्ट्रमन्त्री डा. प्रकाशरण महतलेभने । विशेषत: मधेसवादी दलहरूले संविधानको सन्दर्भमाअसन्तुष्टि व्यक्त गरिरहेका छन् । आजको कान्तिपुर दैनीकमा खबर छ ।

दाहालर चिनियाँ राष्ट्रपतिको भेटमा नेपाल, भारत र चीनको त्रिदेशीय साझेदारीकोसन्दर्भमा समेत छलफल भएको छ । चीनले अगाडि बढाउन चाहेको यो अवधारणासँगप्रधानमन्त्री दाहाल पनि सहमत छन् । भारतले भने यो अवधारणालाई रुचाएको छैन ।यस अगाडि चीन भ्रमणका बेला पनि चिनियाँ पक्ष र दाहालका बीच यसबारेकुराकानी भएको थियो । गतवर्षको भारत भ्रमणका समयमा भने प्रधानमन्त्रीदाहालले त्रिदेशीय साझेदारीको विषयलाई भारतीय पक्षसँग उठान गरेनन् ।परराष्ट्रमन्त्री महतले दाहाल र सीको भेटमा यसलाई अगाडि बढाउने विषयमाकुराकानी भएको जानकारी दिए ।

भेटमा प्रधानमन्त्री दाहालले चिनियाँराष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । दाहालले नेपालको चाहना सन्२०१६ मा नै भ्रमण होस् भन्ने रहेको जानकारीसमेत गराएका थिए । जवाफमा सीलेआफू नेपाल भ्रमणका लागि तयार रहेको बताएका थिए ।