सशस्त्र द्वन्द्वको मार्मिक कथा बोल्ने चलचित्र ‘ह्वाइट सन’ को ट्रेलर सार्वजनिक (भिडियो)


अक्टोबर १५, कलाकार दयाहाङ राईको मुख्य भूमिका रहेको चलचित्र ‘ह्वाइट सन’ को ट्रेलर सार्वजनिक भएको छ।
यस अघि हाइवे नामक चलचित्रको निर्देशन गरेका निर्देशक दीपक रौनियारले यस चलचित्रको निर्देशन गरेका हुन् भने चलचित्रमा दयाहाङ सहित आशा मगराती र रबिन्द्रसिंह बानियाँको समेत मुख्य भूमिका रहेको छ।
भेनिस र टोरोन्टो फिल्म फेस्टिबलमा प्रिमियर गरेर राम्रो प्रशंसा बटुलेको चलचित्रले नेपालमा लामो समय चलेको सशस्त्र द्वन्द्वका बेला आफ्नो पिताको दाह संस्कारका क्रममा भोग्नुपरेको पीडाको सामाजिक तथा राजनीतिक परिस्थितिको कथा बोलेको छ ।
ट्रेलर हेर्नुहोस