कोजाग्रत पूर्णिमा सँगै यसपालिको दशै आज सकिदै


पोखरा २९ असोज । आश्विन शुक्ल प्रतिपदाकादिन मनाइने कोजाग्रत पूर्णिमा सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनागरी रातभर जाग्राम बसेर शनिबार मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरुभएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकीदेवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ ।

आजको दिन राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकीमहालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिकविश्वास छ । माता दुर्गाका तीन रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेरआज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनिदुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ ।

आज अपराह्न १२ः२२ मिनेटसम्म ९१५ घडी ४४ पला० चतुर्दशी र त्यसपछिपूर्णिमा तिथि लाग्छ । मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमाआज भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा। डा। रामचन्द्रगौतमले बताए ।कोजाग्रत पूर्णिमाका लागि उदय नभई मध्यरात्रि व्यापिनी लिइनेभएकाले शनिबार नै महालक्ष्मीको पूजा आराधना गर्नुपर्ने समितिले जनाएको छ ।लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेषमहत्व रहेको छ ।

“आज मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा र सबै बलि पूरागर्ने दिन अर्थात् अखिल बलिपूर्ति आजैलाई निर्णय गरिएको हो, दशमीको पाँचौँदिन सबै बलिपूर्ति गर्नुपर्ने विधान छ”, उनले भने । आज अपराह्न १२ः२२मिनेटदेखि आइतबार बिहान १० बजेर १५ मिनेटसम्म पूर्णिमा तिथि भएकाले आकाशदीपदान र कात्तिकस्नान भने असोज ३० गतेदेखि सुरु हुन्छ । पूर्णिमा व्रत, आकाशदीप दान र कात्तिक स्नान पूर्णिमा तिथिमा सूर्योदय भएका दिन गर्नुपर्नेशास्त्रीय विधान भएकाले असोज ३० गते यी पर्व मनाउनुपर्ने अध्यक्ष गौतमलेबताए ।

असोज ३० गतेदेखि बाँस, बाँस नपाएमा पलाँस, खयर, पीपल आदिको लिङ्गोठड्याई आकाशदीप दान सुरु गरिन्छ । आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्लपूर्णिमासम्म घर घरमा विशेष रुपमा गरिने तुलसी पूजा पनि असोज ३० देखि नैसुरु हुने भएको छ । कोजाग्रत पूर्णिमाका अवसरमा स्वयम्भू चैत्यमा महादीपदान गरिन्छ । अन्य विभिन्न मठमन्दिरमा विहानैदेखी दर्शनार्थीको भिँड लागेको छ ।