ब्रिक्स सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड गोवा जाँदै, सी जिन पिङ र मोदी दुबैलाई भेट्ने


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको गोवामा हुने आठौं बि्रक्स शिखर सम्मेलनमा सहभागी हुन् शनिवार भारतको गोवा प्रस्थान गर्ने भएका छन्। परराष्ट्रमन्त्री प्रकाशशरण महतले  शुक्रबार  पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीको भ्रमण तालिकाबारे जानकारी गराएका हुन् । जसअनुसार प्रधानमन्त्री प्रचण्ड शनिबार बिहानै भारतको गोवा प्रस्थान गर्नेछन् । उनी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट शनिबार विहान ७:४५ बजे नेपाल वायु सेवा निगमको जहाजबाट भारत जाने कार्यक्रम तय भएको छ ।

सम्मेलनमा भाग लिएर दाहाल कार्तिक १ गते स्वदेश र्फकनेछन् । दाहालसँग उनकी धर्मपत्नी सीता दाहाल, परराष्ट्रमन्त्री प्रकाशशरण महत, परराष्ट्रसचिव शंकरदास बैरागी, प्रधानमन्त्रीका सचिव टंकमणि शर्मा लगायत रहने छन् ।

प्रधानमन्त्री प्रचण्डले शनिबार नै चिनियाँ राष्ट्रपति सी जिनपिङसँग गोवामा भेट गर्ने कार्यसूची तय भएको परराष्ट्रमन्त्री प्रकाशशरण महतले बताए । कार्यसूची अनुसार प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच शनिबार साँझको समयमा भेटघाट हुनेछ ।

गोवामा हुने भेटमा प्रधानमन्त्री प्रचण्डले दुई देशवीचको सम्वन्ध थप सुदृढ पार्न चीनका तर्फबाट उच्चस्तरको नेपाल भ्रमणका लागि पुन प्रस्ताव गर्ने परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ । उक्त दुई पक्षीय भेटमा नेपालले चिनियाँ पक्षसँग नेपालमा सहयोगको क्षेत्र विस्तार गर्न आग्रह गर्ने बताइएको छ ।

त्यसैगरी प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग आइतबार भेटवार्ता गर्ने समय तय भएको छ । भारतीय प्रधानमन्त्रीसँगको छलफलमा सार्क शिखर सम्मेलनका सम्वन्धमा कुराकानी हुन सक्ने बताउँदै मन्त्री महतले नेपालले दुवै छिमेकी मुलुकसँगको सम्वन्ध थप सुदृढ गर्दै जाने नीति लिएको हुदाँ भेटघाट तथा छलफलमा अहिले सम्म दुई देइशबीच भएका समझदारीलाई कार्यान्वयन गर्ने र आपसी सम्वन्धलाई आत्मीय बनाउनेबारे थप कुराकानी हुने बताएक।