गतबर्षको सफल चलचित्र पशुपतिप्रसाद युटूबमा (पुरै फिल्म हेर्नुहोस)


काठमाण्डौ, गत बर्षको सफल चलचित्र पशुपतिप्रसाद अफिसियल रुपमा युटूबमा सार्वजनिक भएको छ। चलचित्र समीक्षात्मक दृष्टिले मात्रै नभई व्यावसायिक रूपमा पनि उत्तिकै प्रभावशाली रहेको थियो ।

चलचित्रले राष्ट्रिय पुरष्कार सहित प्रायजसो सबै अवार्डद्वारा पुरष्कृत भएको थियो। चलचित्र संगै यसका निर्देशक दीपेन्द्र के खनाल तथा लेखक तथा अभिनेता खगेन्द्र लामिछानेले पनि बिभिन्न पुरष्कार प्राप्त गरेका थिए।

‘पशुपतिप्रसाद’ को सफलता पछि सोहि टिमले अब भने ‘धनपति’ बनाउने भएको छ । जसलाई दीपेन्द्रले नै निर्देशन गर्नेछन् भने कथा, पटकथा र संवाद सबै खगेन्द्रले तयार पारेका हुन् । 

चलचित्र ‘पशुपतिप्रसाद’ हेर्नुहोस